मिडिया काउन्सिल विधेयकमाथी कांग्रेसको संशोधन प्रस्तावः १० लाख जरिबानाको सट्टा कालोसूची
काठमाडौं । नेपाल मिडिया काउन्सिल विधेयकका विभिन्न विवादित बुँदामा नेपाली कांग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको छ ।
आइतबार कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डे र सांसद राधेश्याम अधिकारीले संशोधन हालेका हुन् । विधेयकमा संशोधन प्रस्ताव दर्ता गराउँदैै कांग्रेसले काउन्सिल गठन, दण्ड सजायलगायत विभिन्न बुँदा संशोधन गर्न माग गरेको हो ।
काउन्सिल अध्यक्ष सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिमध्येबाट बनाउन कांग्रेसको प्रस्ताव छ । त्यस्तै, काउन्सिलमा विपक्षी दलको पनि प्रतिनिधित्व गराउनुपर्ने कांग्रेसको माग छ ।
कांग्रेसले सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको, २५ वर्षभन्दा बढी अनुभव हासिल गरेर विशिष्ट योगदान पु¥याएका कम्तिमा ४५ वर्ष उमेर पुगेका ख्यातिप्राप्त व्यक्तिमध्येबाट अध्यक्ष बनाउने व्यवस्था राख्नुपर्ने गरी संशोधन प्रस्ताव दर्ता गराएको छ । विधेयकको दफा ७ उपदफा १ मा मिडिया काउन्सिल गठनसम्बन्धी व्यवस्था छ ।
प्रतिनिधिसभाका सभामुखले तोकेको प्रमुख विपक्षी दलको प्रतिनिधित्वसहित कम्तीमा एक महिला सहित दुई सांसद काउन्सिलमा राख्नुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ । काउन्सिलमा राष्ट्रिय सभाका अध्यक्षले तोकेको एक सांसद, नेपाल पत्रकार महासंघ र विश्वविद्यालयका आमसञ्चार र पत्रकारिता विषयका प्राध्यापक वा सहप्राध्यापकहरु मध्येबाट नेपाल सरकारले मनोनयन गरेको एक जना प्रतिनिधित्व गराउनुपर्ने उसको माग छ । काउन्सिल अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्नका लागि राष्ट्रिय सभाका अध्यक्षको संयोजकत्वमा समिति बनाउनुपर्ने कांग्रेसको प्रस्ताव छ ।
त्यस्तै, काउन्सिलको अध्यक्षलाई सरकारले हटाउन सक्ने व्यवस्थामा पनि संशाधेन हालिएको छ । विधेयकको दफा १० उपदफा २ मा रहेको त्यस्तो व्यवस्थामा कांग्रेसले काउन्सिलका अध्यक्ष र सदस्यलाई हटाउनुपर्ने लागेमा जाँचबुझ समिति बनाउनुपर्ने, सफाई पेश गर्न मौका दिनुपर्ने र जवाफ चित्त नबुझेमा जाँचबुझ समितिले हटाउनका लागि सिफारिस गर्नुपर्ने उल्लेख छ ।
धेयकमा हाल सरकारले हटाउनुपर्ने लागेमा सिधै अध्यक्षलाई हटाउन सक्ने व्यवस्था छ । यो व्यवस्था कायम हुँदा काउन्सिल सरकार नियन्त्रित हुने भन्दै आलोचना हुँदै आएको छ ।
मिडिया काउन्सिल विधेयकमा रहेको दण्ड जरिवाना सम्बन्धी व्यवस्थाको पनि चर्को आलोचना भएको छ । कांग्रेसले हाल विधेयकमा सञ्चारमाध्यम, प्रकाशक, सम्पादक र संवाददाताई २५ हजार देखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था हटाउन माग गरेको छ । ‘‘२५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना’’ भन्ने वाक्यांशको सट्टा ‘‘सार्वजनिक रुपमा क्षमायाचना गर्न लगाउने तथा कालोसूचीमा राखी नाम सार्वजनिक गर्ने’’ भन्ने वाक्यांश राख्न कांग्रेसको प्रस्ताव छ ।
कांग्रेसले संशोधनमा काउन्सिललाई स्वनियमनमा जोड दिएको छ । स्वस्थ र मर्यादित पत्रकारिताको विकासका लागि स्वतन्त्र र स्वायत्त नियमनकारी निकायका रुपमा मिडिया काउन्सिल राख्नुपर्ने उसको प्रस्ताव छ । दफा ५ क मा स्वनियमको व्यवस्था राख्नुपर्ने कांग्रेसको संशोधन छ । “आमसञ्चार माध्यमले स्वनियमको सिद्धान्त लागू गर्नेछन् । आमसञ्चार सञ्चालक संस्थाले प्रकाशन वा प्रसारणको स्वनियमन र स्वमूल्याङ्कनका लागि सम्बन्धित विज्ञहरु रहेको स्वनियमन समिति गठन गर्नेछ,” संशोधनमा उल्लेख छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












