उद्योग व्यवसाय विधयेक पारित, उद्योगीलाई राहत
काठमाडाैं । प्रतिनिधिसभा बैठकबाट औद्योगिक व्यवसाय विधयेक पारित भएसँगै उद्योगी व्यवसायीहरु खुशी भएका छन् ।
२०७२ सालको महाभुकम्पसँगै नेपाली लगानीका उद्योग धरासयी बन्न थालेका थिए । भुकम्पका कारण उत्पादन गर्न समस्या भएपछि केहि उद्योगहरुले समयमै कर तिर्न नसक्दा उद्योग मन्त्रालयले त्यस्ता उद्योगलाई समस्यामा पार्न खोजेको आरोप लाग्दै आएको थियो ।
उत्पादन थालेपनि केहि उद्योगहरुले समयमै दर्ता प्रमाणपत्र नविकरण गर्न सकेका थिएनन् । विभिन्न कारण उनीहरुले आफ्नो उद्योग नविकरण गर्न सकेका थिएनन् । मन्त्री यादवले विदेशी लगानीका उद्योग तथा उत्पादनलाई च्यापेर स्वदेशी लगानीका उद्योगलाई धरासयी बनाउन थालेको भन्दै विरोध समेत भएको थियो । तर, प्रतिनिधिसभा बैठकबाट औद्योगिक व्यवसाय विधयेक पारित भएपछि भने राहत महशुस भएको छ ।
मंगलबार प्रतिनिधिसभाले पारित गरेको औद्योगिक व्यवसाय विधेयकले राज्यलाई करोडाैं राजश्व तिरेका तर उद्योग विभागले नविकरण नगरेका उद्योगलाई राहत पुगेको छ । राज्यलाई राजस्व तिर्दा समेत विभिन्न अड्चन थापेर मन्त्री यादवले उद्योग नविकरणमा समस्या थपिदिएका थिए । तर, यो विधयेक पारित भएसँगै त्यस्ता उद्योगीलाई उद्योग नविकरण गर्न बाटो खुलेको हो ।
यो विधयेक पास गरेसँगै नेपाली लगानीकर्ताहरुको मनोवल बढेको एक व्यवसायीले न्युज-नेपाललाई वताए ।
उद्योगमन्त्री मातृका यादव केहि सिमित उद्योगीका कुरा सुनेर विधयेक नै पास नगर्ने मनसायमा देखिएपनि उक्त विधयेक प्रतिनिधिसभाबाट पारित भएको हो ।
विधयेक पारित भएसँगै नेपाली लगानीका उद्योगहरुले खुशीयाली मनाएका छन् । सिमित व्यापारीको चंगुलमा फसेर ठुलो धनराशीका उद्योग बन्द गर्नु पर्ने स्थित आएको महशुस गरेका ती उद्योगीहरुले भने, सरकारले हाम्रो माग धेरथोर सुनेको आभास भएको छ । मन्त्रीलाई प्रभावमा पार्न सफल भएका केहि उद्योगहरु अब हामीसँग स्वच्छ प्रतिष्पर्धा गर्न आउन हाम्रो खुल्ला चुनाैती छ ।
नेपाली लगानीका उद्योग समेेत कुनै कुरामा कम छैनन् । हामी विदेशी ब्राण्ड भन्दा स्वस्थ्य र स्वच्छ मदिरा उत्पादन र विक्रि गर्न सक्छाैं । राज्यलाई हुने हानी नोक्सानीबाट वचाउन सक्छाैं । ती उद्योगीले भने ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












