उद्योग व्यवसाय विधयेक पारित, उद्योगीलाई राहत
काठमाडाैं । प्रतिनिधिसभा बैठकबाट औद्योगिक व्यवसाय विधयेक पारित भएसँगै उद्योगी व्यवसायीहरु खुशी भएका छन् ।
२०७२ सालको महाभुकम्पसँगै नेपाली लगानीका उद्योग धरासयी बन्न थालेका थिए । भुकम्पका कारण उत्पादन गर्न समस्या भएपछि केहि उद्योगहरुले समयमै कर तिर्न नसक्दा उद्योग मन्त्रालयले त्यस्ता उद्योगलाई समस्यामा पार्न खोजेको आरोप लाग्दै आएको थियो ।
उत्पादन थालेपनि केहि उद्योगहरुले समयमै दर्ता प्रमाणपत्र नविकरण गर्न सकेका थिएनन् । विभिन्न कारण उनीहरुले आफ्नो उद्योग नविकरण गर्न सकेका थिएनन् । मन्त्री यादवले विदेशी लगानीका उद्योग तथा उत्पादनलाई च्यापेर स्वदेशी लगानीका उद्योगलाई धरासयी बनाउन थालेको भन्दै विरोध समेत भएको थियो । तर, प्रतिनिधिसभा बैठकबाट औद्योगिक व्यवसाय विधयेक पारित भएपछि भने राहत महशुस भएको छ ।
मंगलबार प्रतिनिधिसभाले पारित गरेको औद्योगिक व्यवसाय विधेयकले राज्यलाई करोडाैं राजश्व तिरेका तर उद्योग विभागले नविकरण नगरेका उद्योगलाई राहत पुगेको छ । राज्यलाई राजस्व तिर्दा समेत विभिन्न अड्चन थापेर मन्त्री यादवले उद्योग नविकरणमा समस्या थपिदिएका थिए । तर, यो विधयेक पारित भएसँगै त्यस्ता उद्योगीलाई उद्योग नविकरण गर्न बाटो खुलेको हो ।
यो विधयेक पास गरेसँगै नेपाली लगानीकर्ताहरुको मनोवल बढेको एक व्यवसायीले न्युज-नेपाललाई वताए ।
उद्योगमन्त्री मातृका यादव केहि सिमित उद्योगीका कुरा सुनेर विधयेक नै पास नगर्ने मनसायमा देखिएपनि उक्त विधयेक प्रतिनिधिसभाबाट पारित भएको हो ।
विधयेक पारित भएसँगै नेपाली लगानीका उद्योगहरुले खुशीयाली मनाएका छन् । सिमित व्यापारीको चंगुलमा फसेर ठुलो धनराशीका उद्योग बन्द गर्नु पर्ने स्थित आएको महशुस गरेका ती उद्योगीहरुले भने, सरकारले हाम्रो माग धेरथोर सुनेको आभास भएको छ । मन्त्रीलाई प्रभावमा पार्न सफल भएका केहि उद्योगहरु अब हामीसँग स्वच्छ प्रतिष्पर्धा गर्न आउन हाम्रो खुल्ला चुनाैती छ ।
नेपाली लगानीका उद्योग समेेत कुनै कुरामा कम छैनन् । हामी विदेशी ब्राण्ड भन्दा स्वस्थ्य र स्वच्छ मदिरा उत्पादन र विक्रि गर्न सक्छाैं । राज्यलाई हुने हानी नोक्सानीबाट वचाउन सक्छाैं । ती उद्योगीले भने ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












