सागका लागि समिति गठन
असोज १०, काठमाडाैं । नेपालमा हुने तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का लागि विभिन्न समिति गठन गरिएको छ । तेह्रौँ साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौँ बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकमा सांसद् एवम नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललगायतको उपस्थिति थियो । समितिअन्तर्गत राष्ट्रिय टोली तयारीमा रिमबहादुर रानाभाट संयोजक र महेन्द्रकुमार राई सचिव, खेलस्थल व्यवस्थापनमा राखेपका पूर्वसदस्य–सचिव केशवकुमार विष्ट संयोजक र लवभक्त श्रेष्ठ सचिव, प्राविधिकमा गङ्गाबहादुर थापा मगर संयोजक र अर्जुनबहादुर विक सचिव, स्रोतसाधन परिचालनमा उमेशलाल श्रेष्ठ संयोजक, सुरक्षामा प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल संयोजक र फणीन्द्र पौडेल सचिव, आवास व्यवस्थापनमा टासी घले संयोजक र विनोद उप्रेती सचिव रहेका छन् ।
यातायात व्यवस्थापनमा अर्जुनबहादुर केसी संयोजक र सरोजकुमार पोखरेल सचिव, स्वास्थ्यमा डा अजयशमशेर जबरा संयोजक र मधुसूदन बस्नेत सचिव, प्रचारप्रसार तथा प्रकाशनमा शिव कोइराला संयोजक र दुर्गाप्रसाद दुलाल सचिव, समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल संयोजक र कुलबहादुर थापा सचिव, स्वयंसेवक परिचालनमा विनोद श्रेष्ठ संयोजक र प्रेम मल्ल सचिव, अनुगमन, निरीक्षण तथा मूल्याङ्कनमा अणप्रसाद न्यौपाने संयोजक र डेमबहादुर बस्नेत सचिव, अतिथि सत्कारमा अमरसिंह शाह संयोजक र अनन्तादेवी खनाल सचिव, खेल सामग्री, उपकरण तथा पोशाक व्यवस्थापनमा पुरेन्द्रविक्रम लाखे संयोजक र बज्रबहादुर केसी सचिव तथा एन्टी डोपिङमा डा सरोजकृष्ण श्रेष्ठ संयोजक र तिलक नेपालीलाई सचिव तोकिएको छ ।
बैठकले सागको अर्को आयोजनास्थल पोखराका लागि गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनको संयोजकत्वमा पाँच सदस्यीय स्थानीय व्यवस्था सहजीकरण समिति गठन गरेको छ । समितिका सदस्यहरुमा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, राखेपका सदस्य राजेश गुरुङ र तेजबहादुर गुरुङ तथा सचिवमा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी छन् । उक्त समितिलाई सहजीकरणका लागि विभिन्न ११ उपसमिति गठन गर्न अधिकारसमेत दिइएको छ । सागमा समावेश विभिन्न २७ खेलमध्ये कुस्ती जनकपुरमा गर्ने निर्णय गरिएको छ ।
सरस्वती कतार प्रस्थान
विश्व एथलेटिक्स च्याम्पियनशिपमा सहभागी हुन सरस्वती चौधरी बिहीबार कतारको दोहा प्रस्थान गरेकी छन् । सेप्टेम्बर २७ देखि अक्टोबर ७ तारिखसम्म हुने उक्त प्रतियोगितामा चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । सरस्वतीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष एवम एनओसीका उपमहासचिव तिम्सिनाले एक कार्यक्रमबीच बिदाइ गरे ।
यस्तै अन्तर्राष्ट्रिय एथलेटिक्स महासङ्घको काङ्ग्रेसमा सहभागी हुन नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह दोहा प्रस्थान गरेको एथलेटिक्स सङ्घका सचिव आरके विष्टले बताए ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












