डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ
चितवन । जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन् ।
स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ तेस्रो र अन्तिम साता अत्यधिक बढेको डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । उनका अनुसार सबैभन्दा बढी भदौ अन्तिम साता एक हजार ३२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । भदौ तेस्रो साता ६९२, दोस्रो साता ४१२ र पहिलो साता २७३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । साउन पहिलो साता आठ जनामा मात्र सङ्क्रमण देखिएको तिवारीले जानकारी दिए ।
“असोज पहिलो साता यो सङ्ख्या घटेर तीन सय हाराहारीमा आएको छ”, उहाँले भन्नुभयो । एउटा अस्पतालबाहेक अन्यमा सङ्कलन भएको तथ्याङ्कअनुसार असोज पहिलो साता २८९ जनामा सङ्क्रमण देखिएको छ । त्यसमध्ये पनि केही भदौमा बिरामी भएपनि असोजमा दर्ता भएको तिवारीको भनाइ छ । सङ्क्रमण दर क्रमशः घट्दै गएको र डेङ्गु नियन्त्रणमा आउने क्रममा रहेको तिवारीले बताए।
कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार साउनयता हालसम्म १० हजार ५६१ जनाको नमूना परीक्षण गरिएकामा तीन हजार ४०९ जनामा सङ्क्रमण देखिएको छ । यो सङ्ख्या क्रमशः घट्दै गएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडाका अनुसार दैनिक १०० जनासम्म डेङ्गुको सङ्क्रमण भएका बिरामी आउने गरेकामा घटेर पाँच जनाभन्दा तल झरेको बताए । भदौ अन्तिम साता बहिरङ्ग सेवामा मेडिकल विभागमा ९०० नयाँ बिरामी उपचार गर्न आएका थिए भने ७०० जना ज्वरो आएका रहेकामा १०० जनामा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । बुधबार बहिरङ्ग सेवाको मेडिकल विभागमा ५०० जना परीक्षणका लागि आएकामा १०० जनालाई ज्वरो आएको र तीमध्ये न्यून मात्र डेङ्गुका रहेको उहाँले बताएयो ।
पहिला प्रकोपका रुपमा देखापरेका नारायणगढको कमलनगर, क्षेत्रपुर, गैँडाकोट, रत्ननगरको टाँडी बजारलगायत ठाउँका बिरामीमा मात्र डेङ्गु देखिएको खतिवडाले बताए । साउनदेखि क्रमशः डेङ्गुको सङ्क्रमण बढ्दै आएको थियो । डेङ्गुका कारण दुई जनाको मृत्यु भएको छ । खतिवडाले दिनको तापक्रम २५ डिग्रीभन्दा तल झरेर गएमा यो सङ्ख्या अझै घट्दै जाने बताउनुभयो । फाट्टफुट्ट बिरामी भने कात्तिकसम्म आइरहने चिकित्सकको अनुमान छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











