कृषि प्रविधि गाउँ गाउँमा पुर्याउँदै नेपाल एग्रो
चितवन । कृषि उत्पादन बृद्धि गर्न स्वच्छ बगैँचा स्वच्छ घर, स्मार्ट तरकारी उत्पादन, आधुनिक कृषि प्रविधि बिस्तार तथा प्राविधिक सहयोगले बढी प्रभाव पार्ने गर्दछ । विशेषगरी कृषकलाई प्राविधिक सहयोग दिन सकियो भने बढी लाभ लिन सकिने भएकोले त्यसतर्फ बढी ध्यान दिनुपर्ने सरोकारवालाहरुको भनाई छ ।
प्रविधिको अभावमा धेरै मेहनत गरेर थोरै उत्पादन लिन कृषक बाध्य भएको सन्दर्भमा उपरोक्त कार्यक्रम र प्रविधिको उपयोग गरे कृषक बढी लाभान्वित हुन सक्नेछन् ।
सोही अनुरुप ललितपुरको नखिबोटमा रहेको नेपाल एग्रो लाइभले कृषिका आधुनिक प्रविधि गाउँगाउँमा पु¥याउँदै आएको छ । उच्चतम् प्रविधिको प्रयोग गरी थोरै लगानीमा धेरै उत्पादन गर्न कृषकलाई सहयोग गर्दै आएको छ ।
एग्रो लाइभका प्रमुख कार्यकारी अधिकृत राजन गैरेका अनुसार संस्थाले स्वच्छ बगैँचा स्वच्छ घर, स्मार्ट तरकारी उत्पादन, आधुनिक कृषि प्रविधि बिस्तार तथा प्राविधिक सहयोग गर्दै आएको छ । “ कृषि उत्पादन बढाउन कृषिका विभिन्न उद्यानको नक्साङ्कन र विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने काम पनि गर्दै आएका छौ,” उनले भने ।
थोपा सिँचाइ, छाप्रो प्रविधि, टनेल प्रविधि जस्ता आधुनिक प्रविधिका बारेमा कृषकलाई ज्ञानसमेत संस्थाले दिँदै आएको छ । आधुनिक यन्त्र विदेशबाट झिकाएर कृषकसम्म पु¥याउने काम पनि गर्दछ । विसं २०७३ मा स्थापना भएको यस संस्थाले हालसम्म एक लाखभन्दा बढी कृषकलाई प्राविधिक सहयोग गरेको जनाएको छ । संस्थाले सरकारी र गैरसरकारी संस्थासँग समन्वय गरी प्रविधि कृषककोमा पुर्याउँदै आएको छ ।
कुन उद्देश्यका लागि कस्ता यन्त्र आवश्यक पर्छ भन्ने बारेमा कृषकलाई बुझाएर कृषि कर्ममा सहजीकरण गर्ने गरेको छ । प्राविधिक जेटिए राखेर नयाँ प्रविधिबाट खेती गर्न सिकाउनुका साथै सरकारी र गैरसरकारी सङ्घसंस्थाका कर्मचारीलाई प्रविधिसम्बन्धी तालीमसमेत दिँदै आएको छ ।
कृषकलाई प्रदर्शन गर्न ललितपुरको मुनाकोठीमा १० रोपनीमा बेमौसमी तरकारी खेती गर्दै आएको छ । देशका सातवटै प्रदेश र जिल्लारुमा कृषककै बारीमा प्राविधिक सहयोग गरी उन्नत प्रविधिबाट खेती गराइँदै आएको छ । गैँडाकोट, बर्दघाट, लालबन्दी, मेची नगरपालिका, धनगढी, दाङलगायतका ठाउँका कृषकलाई प्राविधिक सहयोग गरी तरकारीखेती गर्न लगाइएको छ ।
प्रमुख कार्यकारी अधिकृत गैरेले भने, “हामी कृषकलाई प्राकृतिक प्रकोपबाहेकका जिम्मेवारी लिएर तरकारी उत्पादन र बजारीकरण गर्न सहयोग पुर्याउँछाैं ।”
निर्वाहमुखी कृषिलाई व्यवसायी बनाउने संस्थाको मुख्य उद्देश्य रहेको एग्रो लाइभका सार्थक गैरेको भनाइ छ ।
Comments
अरु समाचार
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन
काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तारकेश्वर नगरपालिकाभित्र ठूलो...












