वुमेन च्याम्पियन्स लिग: विराटनगरको विजयी सुरुवात
काठमाडौं । विराटनगर टाईटन्सले महिलाको फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा विजयी सुरुवात गरेको छ ।
टियु क्रिकेट मैदानमा बिहिबार भएको खेलमा ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गर्दै विराटनगरले विजयी सुरुवात गरेको हो ।
ललितपुरले दिएको १ सय २३ रनको मध्यम लक्ष्य विराटनगरले १६ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । विराटनगरको जितमा ज्योति पाण्डेले ६५ रनको अर्धशतकीय इनिङ्स खेलिन् । उनले ४३ बलमा १० चौका र १ छक्का प्रहार गरिन् ।
ज्योति जारी लिगमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनिन् । यसअघि क्याट क्विन्स काठमाडौंकी रुबिना क्षेत्रीले अर्धशतक बनाएकी थिइन् ।यस्तै सोनु खड्काले २४ तथा अश्मिना कर्मचार्यले १२ रन जोडिन् ।ललितपुरकी सम्झना खड्काले २ विकेट लिईन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । ललितपुरका लागि ममता चौधरीले सर्वाधिक २८ रन जोडिन् । यस्तै करुणा भण्डारीले २१ रन बनाईन् । कृति सेन र सम्झना खड्काले अविजित रहदै समान १३/१३ रन जोडिन् ।
विराटनगरकी सबनम राई र आरती बिडारीले एक एक विकेट लिईन् । जितसँगै विराटनगरले १ खेलमा २ अंक जोडेको छ । विराटनगर तालिकाको शीर्ष स्थानमा छ । ललितपुरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा सुरु प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीकाे स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन् ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












