स्वास्थ्यका कारण आज निवर्तमान सभामुख महराको ‘पोलिग्राफ टेस्ट’ भएन, आज थुनछेक बहस नहुने
काठमाडौं । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार गरेका छन् । उनले बिरामी भएको भन्दै टेस्ट गराउन नमानेका हुन् ।
गम्भीर किसिमको अपराध अनुसन्धान गर्दा अभियुक्तले इन्कारी बयान दिएको अवस्थामा प्रहरीले पोलिग्राफ टेस्ट गराउँछ । यस्तो टेस्टबाट अभियुक्तले झुटो बोले–नबोलेको पत्ता लाग्छ । महराले पीडित महिलाको डेरामा नै नगएको इन्कारी बयान दिएका थिए । जसले गर्दा सरकारी वकिल कार्यालय र प्रहरीले पोलिग्राफ टेस्ट गराउन चाहेको थियो ।
अभियुक्तको स्वीकृतीविना पोलिग्राफ टेस्ट गराउन मिल्दैन । साथै पोलिग्राफ टेस्टका लागि पूर्ण रूपमा स्वस्थ पनि हुनुपर्छ । ‘बिरामी भएर अस्पतालमै बसेकाले पनि पोलिग्राफ टेस्ट गराउन हामीले धेरै जोड गरेनौँ,’ काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने, ‘पोलिग्राफ टेस्ट गराउन सकेको भए हामीसँग थप बलियो प्रमाण हुन्थ्यो ।’ प्रहरीले केही वर्षयता हरेकजसो गम्भीर किसिमका अपराधको अनुसन्धानमा अभियुक्तको पोलिग्राफ टेस्ट गराउँदै आएको छ । यसलाई अदालतले पनि स्विकार्दै आएको छ ।
आज फरेन्सिक रिपोर्ट बुझाउँदै
प्रहरीले महराको औँठाछापको नमुना लिएर फरेन्सिक टेस्ट गरेको थियो । जसको रिपोर्ट प्रहरीले बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । रिपोर्टलाई प्रहरीले गोप्य नै राखेको छ । रायसहितको अनुसन्धान प्रतिवेदन तिहारअघि नै सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
पीडित महिलाले मदिरा पिलाएर आफूमाथि बलात्कार प्रयास गरेको बताएकी थिइन् । प्रहरीले महिलाको डेराबाट मदिरा तथा गिलास पनि बरामद गरी फिंगरप्रिन्ट निकालेको थियो । फिंगरप्रिन्ट मिलेमा महराविरुद्धको प्रमाण बलियो हुने प्रहरी अधिकारीहरू बताउँछन् । बरामद मदिरासहितको बोतल, गिलास, महराको भनिएको चस्मालगायत सामानलाई पनि प्रहरीले अदालतमा पेस गर्ने भएको छ ।
आज थुनछेक बहस हुँदैन
यता काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले पनि महराविरुद्ध मुद्दा दर्ताका लागि सरकारी वकिल बिहान साढे १० बजेसम्म नआएको बताएका छन् ।
अब आए पनि मुद्दा दर्ता मात्रै हुने तर अरू प्रक्रिया आजलाई अघि बढाउन नसकिने उनको भनाइ छ ।
‘आजलाई अदालतमा बहसका लागि मुद्दा गोला भइसकेको छ,’ भने, ‘आजलाई अब मुद्दा दर्ता मात्रै हुन्छ, अरू केही हुँदैन ।’
उनका अनुसार हरेक दिन अदालतमा बहसका लागि गोला प्रथाद्वारा मुद्दा छनोट गरिन्छ। जुन आजका लागि गरिसकिएको छ। तसर्थ महराविरुद्धको मुद्दा आज दर्ता भए पनि बहसका लागि छनोट नहुने अदालतका सूचना अधिकारी कार्कीको भनाइ छ ।
उनका अनुसार महरालाई अदालत उपस्थिगत गराई उनीविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेपछि अदालतका तर्फबाट पनि अभियुक्तको बयान लिइन्छ र त्यसपछि मात्रै थुनछेक बहस सुरु हुन्छ ।
यस्तो मुद्दामा २६ दिनभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ। महरा पक्राउ परेको आज २५ दिन हुन्छ। गत असोज १९ गते प्रहरीले महरालाई बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको थियो ।
मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअनुसार मुद्दा चलाउन प्रहरीले मागदाबी गरेको छ। जसमा १८ वर्षमाथि धेरै उमेरको महिलालाई बलात्कार प्रयास गरेमा साढे ३ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
साथै सार्वजनिक ओहोदाको व्यक्ति भएकाले उनीविरुद्ध त्यसमा थप ५० प्रतिशत सजाय मागदाबी लिन राय दिइएको काठमाडौं महानगरीय प्रहरी परिसरले जनाएको छ।
गत असोज १२ गते साँझ आफू बसेको डेरामै आएर आफूलाई बलात्कार प्रयास गरेको भन्दै असोज १८ गते पीडित रोशनी शाहीले महराविरुद्ध उजुरी दिएकी थिइन् ।
त्यसपछि १३ असोजमा प्रहरीले महरालाई पक्राउ गरेको थियो। महरा बिरामी भएपछि उनलाई असोज २३ देखि नर्भिक अस्पतालमा राखिएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












