एसियान चेसमा नेपालका खेलाडी हाबी कृष्ण थापा च्याम्पियन
काठमाडौं । सिएम कृष्ण थापा कुनै पनि अफीसीयल अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्ने पहिलो नेपाली बनेका छन् ।
बिहीबार सम्पन्न मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिपमा कृष्णले पहिलो स्थान पाएका हुन् । नौ चरणको खेलमा ८ अङ्क जोड्ने क्रममा कृष्णले अन्तिम चरणमा नेपालकै रिजेन्द्र राज भण्डारीलाई हराए । पराजित रिजेन्द्र ६.५ अङ्क सहित पाचौ भए । प्रतियोगितामा नेपाली खेलाडीले शीर्ष पाँच स्थान पाए ।
अन्तिम चरणमा भारतका सुमित ग्रोभरलाई हराएका प्रकाश नेपाल ७.५ अङ्क सहित दोस्रो ,भारतका शुभम शुक्लालाई हराएका पुरुषोत्तम चौलागाइ ७ अङ्क सहित तेस्रो तथा सुमित आर्नभ कुशहवालाई पराजित गरेका सजिन मर्हजन ७ अङ्क सहित चौथो भए । अन्तिम चरणमा पराजित ग्रोभर छैठौ भए । यसै गरी, सुमित पन्त सातौँ, आशिष फुयाँल आठौँ तथा सुरवीर लामा नवौँ तथा शुभम शुक्ला दशौँ भए ।
महिला तर्फ भारतका सन्ध्या जी पहिलो भइन् । चीनका सुन फुरुङ्ग दोस्रो, नेपालकी सुजना लोहनी तेस्रो तथा जापानकी कोजीमा नात्सुमी चौथो तथा नेपालकै सुशीला गुरुङ पाचौ भए ।
नेपाल बुद्धिचाल सङ्घ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा १५ देशका ८४ खेलाडी सहभागी थिए ।
विजयी थापाले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाए । यसै गरी, चौथो र पाचौले ५ सय,छैठौले ४ सय तथा सातौँले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् ।
आठौँ देखि दशौँ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् । महिला तर्फ विजयीले ७ सय, उपविजयीले ५ सय, तथा तेस्रो देखि पाचौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाए ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...












