दाङ ३ मा विमला ओली भारी मतान्तरले विजयी
घोराही । दाङ क्षेत्रनम्बर ३ (ख) बाट सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला (खत्री) ओली प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् ।
आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार बढी मतान्तरले पराजित गर्दै ओली निवाचित भएकी हुन ।
ओलीले प्रदेशसभा २४ हजार २ सय ८६ मत ल्याइन् । कांग्रेस उम्मेदवार आचार्यले १९ हजार १ सय ८२ मत पाएका छन् ।
२०७४ सालको चुनावमा पनि सो क्षेत्रबाट तत्कालीन एमालेका उत्तरकुमार ओली प्रदेशसभा सदस्यमा विजयी भएका थिए । भने उनको सडक दुर्घटनामा निधन भएको थियो । अहिले उपनिर्वाचनमा निर्वाचित विमला उत्तर कुमारकी जीवनसंगीनी हुन् ।
उपनिर्वाचनमासाझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६, राप्रपाका भुपाल रावतले २२५, समाजवादीका डिल्लीबहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र संयुक्तका छोटीलाल थारुले १३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० मत पाएका छन् ।
यसैगरी नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्र बहादुर खत्रीले २६, नेपाल मजदुर किसान पार्टीका सुरेश परियारले १५, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्माले ११, बीपी कांग्रेस पार्टीका दीपक कुमार धितालले २ तथा स्वतन्त्र उम्मेदवारद्वय टीकाराम आचार्यले ४ र गोविन्द केसीले २ मत प्राप्त गरेका छन् ।
दाङ क्षेत्रनम्बर ३ -ख) मा कूल ६८ हजार ७ सय १९ मतदाता भएकामा ४५ हजार ७ सय १८ मत खसेको थियो । ७ सय ९७ मत बदर भएको छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












