सहसंयोजकलाई विधिमा बस्न युवा संघ नेताको चेतावनी
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका नेताहरुले संगठनका असहमति मिडियामा सार्वजनिक गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको सहसंयोजक रमेशकुमार पौडेलले एक अन्तर्वार्तामा संयोजक रामप्रसाद सापकोटा `दिपशिखा´ले माफी नमागे गम्भीर समस्या सिर्जना हुने जनाएको भन्दै विरोध सुरु भएको हो ।
तत्कालीन वाइसीएल महासचिव तथा युवा संगठनका नेता सुवोधराज सेर्पालीले सहसंयोजक पौडेलले यसरी बोल्नु गलत मात्रै नभएर एकता प्रक्रियालाई लम्ब्याउन खोजेको आरोप लगाएका छन् ।
आक्रोशित हुँदै नेता सेर्पालीले लेखेका छन्, `संगठन एक भैसकेपछी हस्ताक्षर संयोजकले मात्र गर्ने प्रचलन बिगतदेखी चल्दै आएको छ । यो सबै राजनीतिक संगठनहरु लागू गर्दै आएको कुरा हो । हाम्रो पार्टीमा समान दुई अध्यक्ष हुनुहुन्छ दुई जनाको हस्ताक्षर चल्छ । आजकाल कहिलेकाही कार्यकारी अध्यक्षले मात्र पनि गर्नुहुन्छ । जनसंगठनको एकताले दुई अध्यक्ष राखेन त्यसकारण एक संगठन दुई हस्ताक्षर वा निर्देशन कहि हुँदैन । यसमा मैले देखेको कार्यभार सम्हालिरहेको ब्यक्तिले यसरी बोल्नु र बिषयलाई सामुहिकता भन्दा आफू केन्द्रित भइ अमर्यादित बन्ने सहसंयोजकले नै माफी माग्नु पर्दैन ? बिषय जेहोस आन्तरिक रुपमा समाधान खोज्नुपर्छ यसरी आम कार्यकर्ता भ्रमित हुने गरि बोल्न राष्ट्रिय युवा संघ नेपालको सदस्य हुनुको नाताले कसैलाई छुट छैन ।´
यस्तै, राष्ट्रिय युवा संघ नेपालको एकता प्रक्रिया तीब्र गतिमा अगाडि बढेको भनिएपनी पछिल्लो समय विवाद लम्बिन थालेको जनाइन्छ ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











