दैलेखकाे ठाँटीकाँध गाउँपालिका अध्यक्ष र उनकी श्रीमती अपहरणमा
दैलेख । ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला शाही अपहरणमा परेका छन् ।
उहाँहरुलाई विप्वल नेतृत्वको नेकपा समूहले शनिबार राति वडा नम्बर २ को सेरीपाटामा रहेको घरबाट अपहरण गरेकाे प्रहरीले आशंका गरेकाे छ । पक्राउ परेकी शाही पत्नी इला त्यही ठाउँको कृष्ण मावि लकान्द्रकी प्रधानाध्यापक हुन् ।
राति साढे १२ बजेतिर १५ जनाभन्दा बढीको समूहमा हतियारसहित आएका समूहले गाउँपालिका अध्यक्ष र उहाँकी पत्नीलाई अपहरण गरेको प्रहरीले जनाएको छ ।
त्यसअघि विप्लव नेतृत्वकाे नेकपाले गाउँपालिका अध्यक्षका भाइ शिक्षक हस्तबहादुर शाहीलाई पनि एक घण्टा टाढा रहेको भाँटीचौर पुर्याएर छोडेका थिए ।
अध्यक्ष दम्पतीको अपहरण भएको भन्नेबारे जानकारी आएको र उद्धारको लागि सुरक्षा रणनीति बनाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
प्राप्त सूचनाअनुसार अपहरणपछि अध्यक्ष दम्पतीलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले बिसला हुँदै कालिकोटको शुभकालिका गाउँपालिकाको भर्ता पुर्याएको छ । विप्लव समूहले कालिकोटलाई ‘आधार इलाका’ भन्ने गरेको छ ।
गाउँपालिकाको बजेट दुरुपयोगमा अध्यक्ष दम्पतीकै संलग्नता रहेकोले सचेत गराउन मात्र अपहरण गरेको नेकपा समूहको दाबी छ ।
विप्लव समूहले गएको वर्ष नै दैलेखका सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजीनामा दिन पत्र लेखेको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












