काजक्रिया छाडेर ‘श्रद्धाञ्जली सभा’
ओखलढुंगा । नेकपाका आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडा बुवाको काजक्रिया गर्न कपाल काटेर कोरामा बसेनन् । उनी मंसिर २९ गते बुवाको निधन भएपछि अन्तिम संस्कारमा सहभागी भए । फर्केर घरमा बुवाको फोटोमा फूल चढाए, धुप बाले । दसौं दिनसम्म यसरी नै उनले बुवालाई सम्झिए ।
उनले आफन्त तथा शुभचिन्तकलाई पनि त्यसरी नै बुवालाई सम्झिन आग्रह गरे । शोक पुस्तिकामा श्रद्धाञ्जली लेखेर, फूल चढाएर धेरैले नेता खतिवडाका बुवा मनोरथलाई सम्झिए। तर उनका दुई जना भाइ नरेन्द्र र सुरेन्द्र भने काजक्रियामा बसेका छन् । नरेन्द्रले संस्कार परिर्वतन गर्न दाजुले छलफल गरे पनि परिवारका सदस्य र अन्य व्यक्तिले परम्परा तोड्न नहुने भनेपछि आफूहरूले सल्लाहमै फरकफरक तरिकाले काजक्रिया गरेको बताए । उनले भने, ‘दाजुको अभियानमा हाम्रो समर्थन छ, हामीलाई पनि उहाँको सद्भाव छ।’
पेशलकै आग्रहमा दसौं दिन उनी आबद्ध संस्था आधारशीला परिवार बर्दिबास र नेकपा जिल्ला कमिटीले खतिवडा परिवारको घर नजिकै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यमा आइतबार श्रद्धाञ्जली सभा गर्यो । सभामा खतिवडाले परिवार र दाजुभाइसँग सल्लाह गरेरै आफूले संस्कृति रुपान्तरणका लागि नयाँ तरिकाले बुवालाई सम्झिएको बताए ।
उनले मृत्यु संस्कारमा रुपान्तरण आवश्यक रहेको भन्दै रुपान्तरण आफैंबाट थालेको बताए । उनले भने, ‘आफन्त गुमाएका बेला मान्छे त्यसै पीडामा हुन्छ, हाम्रो मृत्यु संस्कार गर्ने तरिकाले थप पीडा दिन्छ। मरेपछि गरुड पुराण सुन्दा पार तर्ने भ्रमबाट मान्छेलाई मुक्त गरेर सरल संस्कृति अवलम्बन गर्न प्रेरणा दिन सुरुवात आफैंबाट गरेको हुँ।’
नेकपाका स्थायी कमिटी सदस्य तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले भने, ‘संस्कृति हाम्रो जीवन हो भने यसलाई सरल बनाउन वैज्ञानिक तरिका अपनाउन सक्नुपर्छ।’ शैक्षिक रुपान्तरणमा गरेको योगदानको चर्चा गर्दै उनले मनोरथको थालनीले परम्परा ठीक कि रुपान्तरण भन्ने बहस सुरु भएको बताए। यस्तो बहस थालनी गरेर सांस्कृतिक रुपान्तरणको अभियन्ता बनेकामा धन्यवाद समेत दिए ।
यस्ता परम्पराको रुपान्तरण आवश्यक भएको नेकपाका जिल्ला इन्चार्ज तथा सांसद यज्ञराज सुनुवारले बताए । खतिवडा परिवारले पिताद्वारा स्थापित जीवनप्रदिप मावि हर्कपुरबाट बर्सेनि उनको स्मृतिमा एसईईमा सर्वोत्कृष्ट, दलित र महिला गरि ३ जनालाई ३ हजारका दरले पुरस्कार दिने घोषणा गरेको छ । मृत्यु संस्कार रुपान्तरण गरेर सरल बनाउन अभियान थाल्ने जोसुकैलाई ५ हजार पुरस्कारको पनि घोषणा गरेको छ ।
संस्कार परिवर्तन गर्न कठिन भए पनि पेशलले ऐतिहासिक कदम उठाएको स्थानीय बुद्धिजीवी कुलप्रसाद खतिवडाले बताए । यसले अहिले समाजमा अहिले परम्परागत तरिका परिर्वतन भन्ने बहस सुरु भएकाले आगामी दिनमा यस्ता परम्परा बिस्तारै सुधारिने उनको भनाइ छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












