एमसिसी र ‘इन्डो प्यासिफिक’बीच कुनै अन्तरसम्बन्ध छैन, दुवै विषयलाई मिसाएर भ्रम सिर्जना नगराैँ: मन्त्री बाँस्कोटा
‘कसैले चाहेर एमसिसी रोकिँदैन’
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोद हुन कसैले रोक्न नसक्ने बताएका छन्।
बुधबार बिहान प्रेस संगठन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकारले एमसिसीको फाइल संसदमा पेश गर्ने र संसदबाट कसैको रोकटोक बिना पास हुन्छ एमसिसी र ‘इन्डो प्यासिफिक’बीच कुनै अन्तरसम्बन्ध छैन।
उनले यी दुवै विषयलाई मिसाएर विवाद गरेर भ्रम सिर्जना नगर्न पनि आग्रह गरे। यदि एमसीसीबारे कसैलाई भ्रम भए त्यसबारे छलफल गर्न तयार रहेको प्रष्ट्याए। दाबीसमेत गरेका छन्।
उनले भने, ‘कसैले चाहेर पनि अब एमसिसी फेल हुँदैन, सरकारले संसदमा पेश गर्छ सिधै पास हुन्छ।’ उनले एमसिसी निश्चित मापदण्ड पूरा गरेपछि मात्र लागूहुने भएकोले एमसिसीलाई राजनीतिक मुद्दा बनाउन नहुने आग्रह गरे।
‘यसका केही आधारहरु तयार गरिएछन्। सुशाशन, मानव अधिकार, प्रजातन्त्रिक मुलुकमा मात्र यो परियोजना दिइन्छ,’ मन्त्री बाँस्कोटाले भने, ‘मलाई लाग्छ दक्षिण एसियमा श्रीलंका र नेपालले मात्र पाएका छन्। संसारका १०–१५ वटा देशले मात्रै पाएका छन्।’ नेपाललेसन् २०११ को डिसेम्बरमा उक्त मापदण्ड पूरा गरेको उनको भनाइ छ।
मन्त्री बाँस्कोटाले एमसिसी र ‘इन्डो प्यासिफिक’बीच कुनै अन्तरसम्बन्ध नरहेको जिकिर गरे। उनले यी दुवै विषयलाई मिसाएर विवाद गरेर भ्रम सिर्जना नगर्न पनि आग्रह गरे। यदि एमसीसीबारे कसैलाई भ्रम भए त्यसबारे छलफल गर्न तयार रहेको प्रष्ट्याए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












