कांग्रेसमा विवादः संस्थापन पक्ष र पाैडेल पक्षको छुट्टाछुट्टै बैठक
काठमाडाैँ । नेपाली कांग्रेसका संस्थापन पक्ष र पाैडेलपक्षको बैठक छुट्टाछुट्टै स्थानमा बस्न लागेको छ।
केन्द्रीय समिति बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बोलाइएको छ। केन्द्रीय कार्यालयमा संस्थापन पक्षका केन्द्रीय समिति सदस्यहरूको बैठक हुने भएको छ।
संस्थापन पक्षको निर्णयबाट रुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महामन्त्री डा शशांक कोइराला निवास महाराजगञ्जमा बैठक गर्दैछन्। पौडेल पक्षले दिउँसो ३ बजेका लागि बैठक बोलाएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको विषयमा छलफल गर्नका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ। पौडेल पक्षले पुस ११ मा संस्थापन पक्षले बहुमतको आधारमा गरेका निर्णयहरू नसच्चाएसम्म बैठकमा उपस्थित नहुने प्रष्ट्याइसकेको छ। सभापति शेरबहादुर देउवाले बुधबार बोलाएको पदाधिकारी बैठकमा समेत संस्थापनइतरका नेताहरु उपस्थित भएनन्।
सभापति देउवाले राष्ट्रिय सभा सदस्यको निर्वाचनका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका थिए। बुधबारको बैठकमा पदाधिकारी बैठकमा वरिष्ठ नेता पौडेल र नेता कृष्ण प्रसाद सिटौलालाई पनि बोलाइएको थियो।
महाधिवेशनको कार्यतालिका,भ्रातृ संस्थामा नेतृत्व बाँडफाड, विभाग गठन, क्रियाशील सदस्यतको नाम र संख्या लगायतका विषयमा दुई पक्षबीच विवाद छ। विवादकै कारण मंसिर २६ बाट बोलाइएको बैठकमा संस्थापनइतरका केन्द्रीय सदस्यहरू अनुपस्थित रहँदै आएका छन्।
पार्टी भित्रको विवाद अन्त्यको लागि बनाइएको कार्यदलमा सहमति हुन नसकेपछि संस्थापन पक्षले बहुमतको आधारमा पुस ११ मा निर्णय सार्वजनिक गरेको थियो।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












