कांग्रेसमा विवादः संस्थापन पक्ष र पाैडेल पक्षको छुट्टाछुट्टै बैठक
काठमाडाैँ । नेपाली कांग्रेसका संस्थापन पक्ष र पाैडेलपक्षको बैठक छुट्टाछुट्टै स्थानमा बस्न लागेको छ।
केन्द्रीय समिति बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बोलाइएको छ। केन्द्रीय कार्यालयमा संस्थापन पक्षका केन्द्रीय समिति सदस्यहरूको बैठक हुने भएको छ।
संस्थापन पक्षको निर्णयबाट रुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महामन्त्री डा शशांक कोइराला निवास महाराजगञ्जमा बैठक गर्दैछन्। पौडेल पक्षले दिउँसो ३ बजेका लागि बैठक बोलाएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको विषयमा छलफल गर्नका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ। पौडेल पक्षले पुस ११ मा संस्थापन पक्षले बहुमतको आधारमा गरेका निर्णयहरू नसच्चाएसम्म बैठकमा उपस्थित नहुने प्रष्ट्याइसकेको छ। सभापति शेरबहादुर देउवाले बुधबार बोलाएको पदाधिकारी बैठकमा समेत संस्थापनइतरका नेताहरु उपस्थित भएनन्।
सभापति देउवाले राष्ट्रिय सभा सदस्यको निर्वाचनका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका थिए। बुधबारको बैठकमा पदाधिकारी बैठकमा वरिष्ठ नेता पौडेल र नेता कृष्ण प्रसाद सिटौलालाई पनि बोलाइएको थियो।
महाधिवेशनको कार्यतालिका,भ्रातृ संस्थामा नेतृत्व बाँडफाड, विभाग गठन, क्रियाशील सदस्यतको नाम र संख्या लगायतका विषयमा दुई पक्षबीच विवाद छ। विवादकै कारण मंसिर २६ बाट बोलाइएको बैठकमा संस्थापनइतरका केन्द्रीय सदस्यहरू अनुपस्थित रहँदै आएका छन्।
पार्टी भित्रको विवाद अन्त्यको लागि बनाइएको कार्यदलमा सहमति हुन नसकेपछि संस्थापन पक्षले बहुमतको आधारमा पुस ११ मा निर्णय सार्वजनिक गरेको थियो।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












