निर्भया बलात्कार घटनाका दोषीलाई माघ ८ मा फाँसी
काठमाडौं । निर्भया बलात्कार प्रकरणका दोषीलाई माघ ८ गते फाँसी दिइने भएको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा आठ वर्ष अगाडी भएको सामूहिक बलात्कार घटनामा अदालतले दोषी ठहर गरेका चारै जनालाई दुई हत्पापछि मृत्युदण्डको सजाय दिइने भएको हो । पटियाला हाउस अदालतले ८ माघका लागि मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरविरुद्ध ‘डेथ वारेन्ट’ जारी गरेको हो ।
१३ सेप्टेम्बर २०१३ मै घट्नाका ६ आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो । २०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजायलाई निरन्तरता दिने फैसला गर्यो ।
आरोपी मध्येका राम सिंहले २०१३ मै तिहाड जेलमा आत्महत्या गरेका थिए भने एक नाबालकलाई बालसुधार गृहमा पठाइएको छ ।
राम सिंहले चलाउने बसमा १६ डिसेम्भर २०१२ मा निर्भयामाथि बलात्कार भएको थियो ।
को हुन् निर्भया ?
१६ डिसेम्भर राती भारतको राजधानी नयाँ दिल्लीमा गुडीरहेको बसमा सामूहिक बलात्कारमा परेकी पीडितको नाम हो, निर्भया । उनको वास्तविक नाम गोप्य राख्न सञ्चार माध्यमले यो नाम जुराएको थियो ।
२३ वर्षीय मेडिकल विद्यार्थीलाई सामूहिक बलात्कारपछि अपराधीहरूले सडकमा फालेका थिए । सख्त घाइते निर्भयाको उपचारका क्रममा २९ डिसेम्बरमा सिंगापुरमा मृत्य भयो । त्यसपछि निर्भयालाई न्यायको माग गर्दै दिल्ली लगायत विभिन्न भागमा विरोध प्रदर्शन भयो ।
यो बहुचर्चित बलात्कार घट्नापछि भारत सरकारले जस्टिस वर्मा समिति गठन गरेर महिला हिंसा विरुद्धको कानूनको समिक्षा गर्यो । र सन् २०१३ मा कानून संशोधन गरेर बलात्कार जस्तो जघन्य अपराधमा मृत्यदण्डको सजायको व्यवस्था गर्यो ।
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...











