‘द भ्वाइस अफ नेपाल’ सिजन २ का कलाकार उतार्दै किंग्स लाउन्जा
किङ्स पोखरामा दिपक बज्राचार्यले तताउनेछन पोखरेलीलाई
काठमाडाैं । दरबारमार्गस्थित किंग्स लाउन्जाले जनवरी २२ मा ‘द भ्वाइस अफ नेपाल’का कलाकारहरुलाई ल्याउने भएको छ ।
किङ्ग लाउन्जाले राजधानीको दरबारमार्गमा भव्य सांसकृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त कार्यक्रममा द भ्वाइस अफ नेपालका सिजन २ का विजेता राम लिम्बुसहित आरिफ राउफ, सनिश श्रेष्ठ र यांकी याल्मोलाई ल्याउने भएको हो ।
यस्तै, लाउन्जाले पोखरामा जनवरी २५ मा दिपक बज्राचार्य र रिदम ब्याण्डले प्रस्तुति दिने भएको हो ।
लाउन्जाले नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्न यास्ता कार्यक्रम आयोजना गर्ने गरको जनाएको छ । फाइभ ब्रदर्सद्वारा सञ्चालित लाउन्जामा पूर्वराजादेखि सर्वसाधारणको भीड लाग्ने गरको छ ।
लाउन्जाले संगितकर्मी तथा खेलाडीलाई विशेष रुपमा सम्मान गर्ने गरेको छ भने नेपाली पर्वहरुमा समेत विभिन्न सेवा दिदै आएको छ । गएको तीजमा महिलाहरुलाई बोलाएर निःशुल्क भोज खुवाएर लाउन्जाले चेलीहरुलाई सम्मान गरेको थियो भने, खेलकुदको महाकुम्भ मेला विश्वकप फुटबल लाइभ गरेको थियो ।
यसका साथै, लाउन्जाले सामाजिक उत्तरदायित्व बोध गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई मदत पुग्ने गरि विदेशी पाहुनाका लागि विशेष प्याकेज सार्वजनिकको तयारी समेत गरेको छ ।
नेपाल भ्रमण वर्षलाई सफल बनाउन लाउन्जाले छिट्टै नयाँ प्याकेज सार्वजनिक गर्ने जनाएको छ । यद्यपी उक्त प्याकेज कस्तो हुने भन्नेबारे भने केहि खुलाएको छैन् ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











