ताजा समाचार

पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !

काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग बाट ६० क्विन्टल युरिया मल सहित ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिएका छन् ।

राजमार्ग खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा स्याङ्जाबाट बुटवल जाँदै गरेको लुम्बिनी प्रदेश ०१ ००१ ख ०९५९ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो ।

विना विल विजकको कृषक युरिया कृषि सामाग्री कम्पनी लिमिटेड कुलेश्वर काठमाडौं लेखिएको १२० बोरा युरिया मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मल सँगै ट्रक र चालकलाई नियन्त्रणमा लिए आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org