पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी पोखरामा यस वर्षको तिहार पर्वको अवसरमा कम्तीमा ३ लाख फूलको माला खपत हुने भएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले दाबी गर्नुभयो ।

पोखरा क्षेत्रमा यो वर्ष तिहार पर्वको अवसरमा ३ देखि ४ करोड रुपैयाँ बराबरको फुलको कारोबार हुने उहाँले बताउनु भयो । केही दिनमा महानगरले पोखराका २२ वटा ठाउँमा फुलको बिक्री केन्द्र तोकिने तयारी भएको महाशाखा प्रमुख कडरियाले जनाउनु भयो । यस वर्षको मौसम अनुकूल भएकाले यस वर्ष किसानहरू उत्साहित भएका र फुल समयमै फक्रिएकोले बजार आपूर्ति सहज हुने उहाँले उल्लेख गर्नुभयो ।
महानगरले विगत तीन वर्षदेखि फुल उत्पादनमा बिउ, मल, प्लास्टिक र अन्य सामग्रीमा ५० प्रतिशतसम्म अनुदान प्रदान गर्दै आएकोले पोखरामा खपत हुने फुलमध्ये अधिकांश स्थानीय उत्पादन बजारमा आउने कडरियाले दाबी गर्नुभयो ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल, जिल्ला कार्य समिति कास्कीका अध्यक्ष श्रीराम सुवेदीका अनुसार पोखरामा प्रयोग हुने फुलको करिब ९० प्रतिशत स्थानीय उत्पादनबाटै पूरा हुने बाँकी १० प्रतिशत फुल धादिङ, गोर्खा, पाल्पा, बनेपा लगायत क्षेत्रबाट भित्रिने बताउनु भयो ।
हाल फानमा आवद्ध ५३ नर्सरीमध्ये ४६ वटा सक्रिय रूपमा फुल उत्पादन र कारोबारमा संलग्न छन्। गत वर्षको तुलनामा यस वर्ष फुल उत्पादन वृद्धि भएको र मूल्य निर्धारण महानगर, फान र किसानको संयुक्त समन्वयमा केही दिनभित्र गरिने तयारी भएको सुवेदीले बताउनु भयो ।

यसैबिच, पोखरा १३ वडा कार्यालयमा यस बर्ष सयपत्री फूल मेला हुने भएको वडा अध्यक्ष किरण बरालले बताउनु भयो । स्थानीय रुपमा उत्पादन भएको सयपत्री फूलको मूल्य र सहज ढंगले उपलब्ध गराउन वडामा कार्त्तिक ३ देखि ६ गतेसम्म मेला आयोजना हुने भएको उहाँले जनाउनु भयो ।
पछिल्ला वर्षमा फुल उत्पादनमा किसानको आकर्षण बढ्दै गएकोले स्वदेशी फुलले पोखराको बजार धान्न थालेको छ र यस वर्ष पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिइने महानगरले नीति लिएको छ । पोखरा महानगरले पोखरामा प्लास्टिकजन्य फूलहरू बिक्री वितरणमा पूर्ण रुपमा बन्द गरेको छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...












