नेकपामा वामदेव यसरी बन्दैछन शक्तिशाली
काठमाडाैं । नेकपाले महत्वाकांक्षी र हक्की स्वभावका नेता वामदेव गौतमको हातमा संगठित कार्यकर्ताको जिम्मा लगाएको छ ।
मौजुदा नियमावलीमा संगठन विागको अकिार थप्ने प्रस्ताव गर्दै नेकपाले संगठन र पार्टी कार्यकर्ताको परिचालनको जिम्मा गौतम नेतृत्वको संगठन विभागलाई दिएको छ। हाल नेकपाले आफूसँग ८ लाख सदस्य रहेको दाबी गरेको छ ।
पार्टी सचिवालय सदस्य गौतम नेकपाका संगठन विभाग प्रमुख र प्रस्तावित उपाध्यक्ष हुन्। उनलाई उपाध्यक्ष बनउने गरी पुस पहिलो साता सम्पन्न स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित भएको छ । अब १५ माघमा बस्ने केन्द्रीय समितिबाट अनुमोदन भएपछि गौतम नेकपाको उपाध्यक्ष बन्नेछन् ।
त्यस्तै बैठकबाटै नियमावली संशोधनको प्रस्ताव अनुमोदन भएपछि गौतम उपाध्यक्ष र संगठन विभाग प्रमुखका रूपमा शक्तिशाली नेतासमेत हुनेछन् भनेर आजको नयाँ पत्रिकामा शुरोजंग पाण्डे र वीरेन्द्र ओली मिलेर विश्लेषणात्मक खबर लेखेका छन् । यसअघि विभागलाई ६ वटा अधिकार रहेकामा थपिएर ११ बनाउन लागिएको छ ।
अहिलेको संगठनात्मक संरचनाअनुसार नेकपामा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि तेस्रो वरियतामा झलनाथ खनाल र चौथोमा माधवकुमार नेपाल छन्। नौ सदस्यीय सचिवालयमा गौतम पाँचौं वरियताका नेता हुन् ।
तर नेकपाले संगठन विभागलाई शक्तिशाली बनाउने गरी बनाएको कार्ययोजनाले गौतमलाई ओली र प्रचण्डपछि पार्टी संगठनभित्र अधिकार क्षेत्रका हिसाबले ‘तेस्रो शक्तिशाली नेता’ बनाउन खोजेको देखिन्छ ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












