नेकपाको उपाध्यक्ष बनेपछि वामदेवले भने: अब जथाभावी बोल्दिनँ
काठमाडाैं । नेकपा केन्द्रीय कमिटी बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाएको छ।
उपाध्यक्षमा चयन भएपछि उनीसँग लिएको अन्तर्वार्ता आजको नयाँ पत्रिकाले छापेको छ।
तपाईंलाई उपाध्यक्ष बनाउने सचिवालयको निर्णय पुरानो भए पनि अहिले अनुमोदन हुँदा कस्तो लागेको छ?
यति ठूलो पार्टीको उपाध्यक्ष हुन पाउँदा अत्यन्त खुसी लागेको छ, केन्द्रीय कमिटीले गरेको निर्णयले मलाई थप जिम्मेवार पनि बनाएको छ। पहिलेजस्तो अब मैले आफूलाई मन लागेको कुरा मात्र गरेर हिँड्न पाउँदिनँ, त्यसरी बोलेर हिँड्दिनँ पनि।
तपाईंको भूमिका कस्तो हुन्छ अब?
उपाध्यक्ष भनेको अध्यक्षहरूको सहयोगी हो, छाया पनि हो। म यही भूमिका निर्वाह गर्छु। अब पार्टी विवादमा नपर्ने गरी ट्याक–ट्याक निर्णय गरेर अघि बढिन्छ। त्यसमा मेरो भूमिका रहन्छ। उपाध्यक्ष त भएँ नै, यसअघि नै म संगठन विभागको प्रमुख पनि छु। दुवै भूमिकामा म प्रभावकारी रहन्छु।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति भयो भने धेरै राम्रो हुन्छ। त्यो भएन भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुन्छन्। यो स्थितिमा अब सांसदहरूको भूमिका फरक हुन्छ। यो कुरा आजको बैठक समापनमा अध्यक्ष प्रचण्डले पनि संकेत गर्नुभएको छ।
आज बैठकमा अध्यक्ष प्रचण्डले चुनावमा अत्यधिक खर्च हुने भएकाले भ्रष्टाचार बढेको भन्दै निर्वाचन प्रणाली परिवर्तन गर्ने विषयमा बहस चलाउने बताउनुभएको छ, अब प्रत्यक्ष निर्वाचन लड्दिनँ भन्नेमा तपाईं पनि हो?
मैले पनि भन्दै आएको थिएँ। चुनाव खर्च अत्यधिक हुने गरेकाले निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्ने कुरा अरू साथीहरूले पनि गर्नुभएको थियो। त्यही कुरा प्रचण्डले आज भन्नुभएको हो।
निर्वाचन प्रणाली परिवर्तन गर्नेबारेमा आजको सचिवालयको बैठकमा कुनै ठोस निर्णय भएको छ त?
प्रशस्त छलफल भएको छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जानेबारेमा गहन छलफल गरेका छौँ। प्रत्यक्ष निर्वाचित राष्ट्रपति भयो भने धेरै राम्रो हुन्छ। त्यो भएन भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुन्छन् । यो स्थितिमा अब सांसदहरूको भूमिका फरक हुन्छ । यो कुरा आजको बैठक समापनमा अध्यक्ष प्रचण्डले पनि संकेत गर्नुभएको छ, सांसदहरूको विधायकी अधिकार संसद्ले बनाउनुपर्छ भनेर।
यसलाई अझै स्पष्ट कसरी पार्ने?
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने भयो भने राष्ट्रपति चयनमा सांसदहरूको भूमिका होला। नत्र अब हामीले गर्न लागेको व्यवस्थाअनुसार सांसदहरूको भूमिका बजेट पास गर्ने, नीति तथा कार्यक्रम पारित गर्ने, विधेयक पारित गर्ने, संविधान संशोधन गर्नेलगायत मात्र हुन्छ । जब सांसदहरूको उपरोक्त भूमिका तय हुन्छ, त्यसपछि उनीहरू सरकारमा जान पाउँदैनन् । अर्थात्, अहिलेजस्तो मन्त्री बन्न पाउने छैनन्।
यसका लागि संविधान संशोधन गर्नुपर्ला नि?
संविधान संशोधन नगरी त यी सब कुरा कसरी हुन्छन् र? निर्वाचन प्रणालीलाई खर्चिलो हुन नदिन उपरोक्त व्यवस्थासहित संविधान संशोधन गर्ने विषयमा छलफल पनि भएको छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











