‘भ्रष्टाचारीलाई ठेगान लगाउन खोज्दासमेत सरकारको आलोचना’
काठमाडाैँ । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले सरकारले भ्रष्टाचारको जालो तोडेपछि विरोध भएको बताएका छन्।
बिहीबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा सांसद बिडारीले वर्तमान सरकारले भ्रष्टाचारीलाई ठेगान लगाउन खोज्दासमेत सरकारको आलोचना गरिएको बताए।
यही सरकारको पालामा न्यायाधीश कारबाहीमा परेको, अख्तियारका प्रमुख र आयुक्तविरुद्ध नै भ्रष्टाचार मुद्दामा रहेको भन्दै यसअघि यस्ता निकायमा कस्ता व्यक्तिलाई सिफारिस गरिएको हो? भन्दै प्रश्न गरे। अहिले उपप्रधानमन्त्री, मन्त्री र सचिव मात्र होइन धनाड्य, उद्योगपति र प्रहरीका हाकिम, र कर्मचारी भ्रष्टाचारको मुद्दामा परेको बताए।
कारबाही नगरे खई कारबाही भन्ने र कारबाही गरे मेरो मान्छेलाई किन कारबाही गर्या? भन्ने गरेको उल्लेख गर्दै उनले एकथरी मान्छे सधैँ विरोधमा रहेको दाबी गरे। महान्यायाधिवक्तालाई मुद्दा चलाउने, प्रहरीलाई अनुसन्धान गर्ने र अदालतलाई स्वतन्त्ररूपमा न्याय दिने अधिकार रहेकाले अब यस्ता मुद्दाको छिनोफानो अदालतले नै गर्ने बताए।
सांसद बिडारीले सुन तस्करलाई कानुनी कठघरामा ल्याइसक्दासमेत केही मान्छे अहिले पनि ठूलो माछा खोई? भन्दै उफ्रिने गरेको भन्दै आक्रोश व्यक्त गरे।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












