‘भ्रष्टाचारीलाई ठेगान लगाउन खोज्दासमेत सरकारको आलोचना’
काठमाडाैँ । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले सरकारले भ्रष्टाचारको जालो तोडेपछि विरोध भएको बताएका छन्।
बिहीबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा सांसद बिडारीले वर्तमान सरकारले भ्रष्टाचारीलाई ठेगान लगाउन खोज्दासमेत सरकारको आलोचना गरिएको बताए।
यही सरकारको पालामा न्यायाधीश कारबाहीमा परेको, अख्तियारका प्रमुख र आयुक्तविरुद्ध नै भ्रष्टाचार मुद्दामा रहेको भन्दै यसअघि यस्ता निकायमा कस्ता व्यक्तिलाई सिफारिस गरिएको हो? भन्दै प्रश्न गरे। अहिले उपप्रधानमन्त्री, मन्त्री र सचिव मात्र होइन धनाड्य, उद्योगपति र प्रहरीका हाकिम, र कर्मचारी भ्रष्टाचारको मुद्दामा परेको बताए।
कारबाही नगरे खई कारबाही भन्ने र कारबाही गरे मेरो मान्छेलाई किन कारबाही गर्या? भन्ने गरेको उल्लेख गर्दै उनले एकथरी मान्छे सधैँ विरोधमा रहेको दाबी गरे। महान्यायाधिवक्तालाई मुद्दा चलाउने, प्रहरीलाई अनुसन्धान गर्ने र अदालतलाई स्वतन्त्ररूपमा न्याय दिने अधिकार रहेकाले अब यस्ता मुद्दाको छिनोफानो अदालतले नै गर्ने बताए।
सांसद बिडारीले सुन तस्करलाई कानुनी कठघरामा ल्याइसक्दासमेत केही मान्छे अहिले पनि ठूलो माछा खोई? भन्दै उफ्रिने गरेको भन्दै आक्रोश व्यक्त गरे।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












