सिन्धुपाल्चोकमा कोरोनाको गलत हल्ला, सामान्य रुघाखोकी : स्वास्थ्य मन्त्रालय
काठमाडाैँ । स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकमा फैलिएको सामान्य रुघाखोकीलाई कोरोना भाइरसको आशंका गरेर गलत हल्ला फैलाइएको बताएको छ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३, गुम्बा गाउँमा फैलिएको संक्रमण सामान्य रुघाखोकी भएको कुनै कोरानाको संक्रमण नभएको दाबी गरेका हुन्।
गुम्बा गाउँमा ज्वरो, रुघाखोकीले अहिलेसम्म २ सयभन्दा बढी मानिस बिरामी भएका छन् भने उपचारमा स्वास्थ्यकर्मी खटिरहेका छन्।
यो संक्रमण कोरोना भाइरसको पनि हुन सक्ने आशंका गर्दै जुगल गाउँपालिका कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ। यसैलाई आधार बनाएर अहिले सञ्चारमाध्यममा कोरोना संक्रमणको आशंका भनेर समाचार आइरेहेका छन्।
‘जुगल गाउँपालिकामा रुघाखोकीको भाइरल फैलिएको हामीलाई जानकारी आइसकेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘यो कुनै कोरोना/सोरोना होइन, सामान्य रुघाखोकी हो, गलत हैला फैलाएर मानिसलाई आतंकित बनाउने काम भएको छ ।’
अहिले प्रभावित स्थलमा स्वास्थ्यकर्मीको टोली पुगिसकेको उनले जानकारी दिए।
‘यस्तो रुघाखोकी अहिले नेपालका विभिन्न स्थानमा फैलिएको छ, विशेषगरी हिमाली भेगमा चिसोका कारण यस्तो संक्रमण फैलिएको हो,’ उनले भने, ‘हुम्लामा पनि यस्तै रुघाखोकीले निकै मानिस मरेका होइनन्? त्यो कोरोना थियो त?’
तर पनि शंका निवारणका लागि चिकित्सक टोलीले त्यहाँका बिरामीको रगत तथा र्याल नमुना काठमाडौं ल्याउने र टेकु अस्पतालमा कोरोना हो वा होइन भनेर परीक्षण गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












