प्रधानमन्त्रीलाई नेता नेपालको चेतावनीयुक्त सुझाब
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरेपछि मात्रै अर्थमन्त्री युवराज खतिवडाको विषयमा टुंगोमा पुग्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई सुझाएका छन् ।
पार्टी निर्णयअनुसार गौतमलाई मनोनीत नगरिए दुर्घटना निम्तिने नेता नेपालले चेतावनीयुक्त सुझाब दिएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।
बुधबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यमा नेता गौतमलाई लैजाने सर्वसम्मत निर्णय गरेको थियो ।
तर, त्यसको केहीबेरमै प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिँदै गौतमलाई सिफारिस नगरेर खतिवडालाई नै निरन्तरता दिने सन्देश नेताहरूलाई दिएका थिए । त्यसलगत्तै उनले नेता नेपालसँग करिब दुई घन्टा छुट्टै छलफल गरेका थिए ।
गौतमलाई मनोनीत नगरे पार्टीभित्र अराजकता संस्थागत हुने र त्यसले दुर्घटना निम्त्याउने भन्दै नेता नेपालले तत्कालका लागि निर्णय कार्यान्वयनमा लैजान ओलीलाई सुझाब दिएका थिए ।
‘तपाईंका असहमति थिए भने विधिका हिसाबले बैठकभित्रै राख्नुपथ्र्यो, बैठक सकिएपछि मान्दिनँ भन्ने कुराले राम्रो सन्देश गएन, त्यसैले पार्टी सचिवालयको निर्णय कार्यान्वयन गर्नुबाहेक तपाईंसामु अब अर्को कुनै विकल्प छैन,’ नेपालले ओलीलाई दिएको सुझाब उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिलेलाई वामदेव कमरेडलाई सिफारिस गरेर पार्टी निर्णय कार्यान्वयन गर्नुस्, युवराज खतिवडाका सन्दर्भमा पछि सोच्ने गरी निष्कर्षमा पुग्न सकिन्छ।’
छलफलमा प्रधानमन्त्री ओलीले भने लामो पृष्ठभूमि बाँध्दै सरकारविरुद्ध संगठित रूपमै षड्यन्त्र भइरहेको र गौतमलाई नियोजित रूपमा अघि सारेर खतिवडालाई अर्थमन्त्रीबाट हटाउन खोजिएको भन्दै पार्टी निर्णय कार्यान्वयन गर्न नसक्ने बताएका थिए ।
आफ्नो निर्णयबाट ‘ब्याक’ नहट्ने बताउँदै उनले केही नेताहरूले नियोजित रूपमै संकट निम्त्याउन खोजेकाले साथ दिन नेता नेपाललाई आग्रहसमेत गरे ।
गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने पार्टीको सैद्धान्तिक निर्णय भए पनि कहिले गर्ने स्पष्ट नभएकाले तत्काल कार्यान्वयन जरुरी नभएको ओलीको जिकिर छ । मन्त्रिपरिषद्ले सिफारिस गर्ने भएकाले पार्टी निर्णय कार्यान्वयन गर्न आफू बाध्य नहुने उनले बताएका थिए।
प्रधानमन्त्रीले पार्टी निर्णयलाई चुनौती दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि असन्तुष्ट छन्।
बिहीबार आयोजित पार्टीको बागमती प्रदेशको भेलामा उनले भ्रष्टाचार, दम्भ, अहंकार र आत्मकेन्द्रित चिन्तनका कारण विश्वका कतिपय मुलुकमा कम्युनिस्ट आन्दोलन धराशयी भएको बताए।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












