कांग्रेस नेता शेखरसँग डेढ घण्टा बिताएका ओलीले प्रचण्डप्रति गरेछन् यस्तो शंका
पार्टीभित्रको आन्तरिक कलह उत्कर्षमा पुगिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेतासँग परामर्श गरेका छन्।
ओलीले बिहीबार बिहान कांग्रेस नेता शेखर कोइरालासँग डेढ घण्टा कुराकानी गरेका थिए।
के के भए त कुरा? आजको कान्तिपुरले शेखर कोइरालासँग प्रतिक्रिया लिएको छः
तपाईं प्रधानमन्त्रीलाई भेट्न आफैं जानुभएको हो कि बोलाएर?
उहाँले बोलाएर गएको हुँ। करिब डेढ घण्टा कुराकानी भयो।
कस्तो कुराकानी भयो?
पहिलेभन्दा धेरै चिन्तित भएको देखें। राष्ट्रिय सभाकै विषयमा उहाँ तनावमा हुनुहुन्थ्यो।
कसलाई मानोनीत गर्दै छु भन्नुभयो?
तपाईंलाई के लाग्छ भन्नुभयो। मैले मन्त्रिपरिषद्को सिफारिसले बनाउने हो, तपाईंले जसलाई बनाए पनि हुन्छ तर एउटा व्यक्तिका लागि संंविधान संशोधन गर्न खोज्नुभयो भने दुर्भाग्य हुन्छ। तपाईंले थाम्न सक्नुहुन्न भनें।
सरकार संकटमा पर्न लागेको बताउनुभएको हो?
प्रत्यक्ष भन्नुभएन तर संकेत त्यस्तै थियो। मैले शेरबहादुरजीसँग पनि कुराकानी गर्नुस् भनें। उहाँले दुई दिनअघि कुराकानी भन्नुभयो। उता प्रचण्डजीले पनि भेटेको कुरा गर्नुभयो। प्रचण्डजी र शेरबहादुरजीको कुराकानीले कता कता सशंकित भएजस्तो लाग्यो।
सरकारकै विषयमा थप केही भन्नुभएको थियो?
नैतिकताका आधारमा हामीले पनि राजीनामा मागेका छौं भनेर मैले भनें। प्रतिपक्षले भन्ने कुरा बेग्लै पार्टीका मान्छेले पनि जथाभावी बोल्दै हिँडेका छन् भन्नुभयो।
अरू पनि विषयमा छलफल भयो कि?
एमसीसीका विषयमा लामै कुराकानी भएको थियो। अमेरिकाले त्यत्रो अनुदान दिएको छ। नलिने भन्छन् हाम्रै साथीहरू भन्दै दुःखमनाउ गर्दै हुनुहुन्थ्यो। अमेरिकाको अनुदान सहयोग नलिए ट्रान्समिसन लाइन कसरी बन्छ? भन्नुभयो। मैले पनि तपाईंहरूले यसलाई संसदबाट पारित गराउन सक्नुभएन भने बैंकहरूसमेत डुब्ने अवस्था आउन सक्छ भनें। उहाँले हो भन्नुभयो।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












