क्रिकेट: थाइल्याण्ड विरुद्ध बलिङ गर्दै नेपाल
काठमाडाैं । एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटअन्तर्गत आयोजक थाइल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा अहिले शुरु भएको खेलमा थाइल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्न लागेकोे हो ।
पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा फाइनल पुग्ने दुई टोलीले एशिया कप छनोटमा स्थान बनाउनेछन् । त्यसैले शीर्ष दुईमा स्थान बनाउन नेपाललाई थाइल्याण्डविरुद्धको खेलमा जित निकाल्नुको विकल्प छैन । त्यस्तै नेपालले जित निकालेर पनि शीर्ष दुईमा स्थान बनाउनका लागि अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ ।
यसअघि दुई खेल खेलेको नेपालले दुवै खेलमा पराजय भोगेको छ । नेपाल मलेशियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको थियो । अब नेपालले थाइल्यान्ड र सिङ्गापुर दुवैलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ ।
नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । यता तीन खेल खेलेको थाइल्याण्डले तीनै खेलमा पराजय भोगेको छ । थाइल्यान्डले हङकङ र मलेशियासँग समान आठ विकेट तथा सिङ्गापुरसँग ४३ रनले पराजित भएसगै एशिया कप यात्राबाट बाहिरिसकेको छ । थाइल्याण्ड अङ्कविहीन रहँदै अङ्क तालिकाको पुछारमा छ ।
Comments
अरु समाचार
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...











