बेलायतकी स्वास्थ्यमन्त्रीमा कोरोना संक्रमण
एजेन्सी । बेलायतकी स्वास्थ्यमन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसदलाई कोरोना संक्रमण देखिएको छ ।
मन्त्री नादिन डोरिसमा कोरोनाको संक्रमण देखिएको हो । उनी बेलायतमा कोरोना संक्रमण हुने पहिलो सांसद हुन् । भने, आफू कोरोना संक्रमित भएको थाहा पाएपछि घरमै सेल्फ आइसोलेसनमा बसेको उनले जानकारी दिएकी छन् ।
संयुक्त राज्यमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो पटक ८० वर्षका एक वृद्धको मृत्यु भएको थियो । उनको स्वास्थ्यमा यसअघि पनि विभिन्न समस्या देखिएका थिए ।
साथै एनएचएस इङ्गल्याण्डले संक्रमितको संख्या वृद्धि भइरहेको अवस्थामा संक्रमित भए नभएको परीक्षण गर्ने प्रणालीको क्षमता वृद्धि गर्ने तयारीमा भएको जानकारी दियो ।
अहिले दिनमा १५ सयको परीक्षण हुँदै आएकोमा नयाँ प्रणालीपछि दैनिक १० हजारको परीक्षण गर्न सकिने बताइएको छ ।
डोरिसले एक वक्तव्य जारी गर्दै बेलायतको सार्वजनिक स्वास्थ्य विभागले उनीसँगको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी गरिरहेको र उनको विभाग र संसदीय कार्यालयले विभागको सल्लाह अनुसरण गरिरहेको जानकारी दिएकी छिन् ।
६२ वर्षे डोरिसले नर्सको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनीसँगै बस्ने उनकी ८४ वर्षीया आमाले पनि मंगलबारदेखि खोक्न थालेपछि आफूलाई निकै चिन्ता लागेको उनले ट्वीटरमार्फत् जानकारी दिएकी छिन् ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












