नेकपाकै मोडेलमा राप्रपाको एकता, राजसंस्था र हिन्दुराष्ट्र मुख्य मुद्दा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकीकरण भएको छ।
बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता सभामा अध्यक्षद्वय कमल थापा र पशुपतिशम्शेर जवराले एकीकरण पत्र आदानप्रदान गरेका छन्।
दुई पार्टी एकीकरणपछि राप्रपामा अब तीन अध्यक्ष रहनेछन्। थापा, राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेका छन्।
बुधबार एक भएका राप्रपाका तीनै समूह हुन्, जसले करिब चार बर्षअघि घोषणा गरेको एकता टिक्न सकेन । अहिलेसम्म आउँदा नेताहरुले गीताको किताब छोएर कसम खानुपरेको छ ।
२०७३ फागुनमा सम्पन्न एकता महाधिवेशनबाट कमल थापा अध्यक्षमा निर्वाचित भएका थिए । उनी अध्यक्षमा निर्वाचित भएको ६ महिना पनि हुन नपाउँदै राणा र लोहनीले छुट्टाछुट्टै पार्टी गठन गरे ।
केही समयपछि राणा र लोहनीको पार्टी मिल्यो र राप्रपा संयुक्त बन्यो । कमल थापाले बेग्लै पार्टी चलाए ।
बुधबारदेखि फेरि तीनै नेताहरु एक ठाउँमा आएका छन् ।
बुधबारको घोाषणा सभामा चार बर्षअघिको पार्टी एकतालाई अध्यक्ष थापाले सम्भिmए । राप्रपाका धारहरु पुनः एक भएकोमा उनले खुसी प्रकट गरे ।
अब फेरि पार्टी फुटाउने कि नफुटाउने भन्ने सन्दर्भमा बुधबार केही फरक दृश्य देखियो । एकीकृत पार्टीका अध्यक्षत्रय थापा, राणा र लोहनीले हिन्दूको धार्मिक ग्रन्थ गीता साक्षी राखेर पार्टी नफुटाउने प्रतिज्ञा गरे ।
अध्यक्ष थापाले गीताको गुटिका हातमा लिएर देखाउँदै भने, ‘यो गीता हातमा राखेर कसम खान्छु, राप्रपालाई फुट्न दिन्नँ ।
‘यहाँ गीता पनि छ’ भनेर भूमिका बाँध्दै अर्का अध्यक्ष लोहनीले पनि बाचा गरे, ‘चिन्ता नगर्नुस् हामी यो पार्टी एक बनाएर लैजान्छौं, लैजान्छौं, लैजान्छौं । धर्म र कर्ममा विश्वास गरेर जान्छौं ।’
तर, अध्यक्ष राणाले भने गीता साक्षी राखेर कसम खाएनन् । उनले भाषण सकेर विदा मागिसकेका थिए । हलमा रहेका कार्यकर्ताबाट दबाव गयो, ‘गीता छोएर पार्टी नफुटाउने खसम खानुपर्छ । कार्यकर्ताको दबावपछि मञ्चमा फर्किएर राणाले भने, ‘यो पार्टी फुट्न दिन्नौं ।’
गीता नै छोएर अध्यक्षत्रयले पार्टी नफुटाउने प्रतिज्ञा गरेपछि सभामा उपस्थित नेता तथा कार्यक्रता उत्साही देखिन्थे । पार्टी नफुटाउने प्रतिज्ञामा हुटिङ गर्दै उनीहरुले ताली बजाएर साथ दिए । कार्यकर्ता भन्दै थिए, ‘अब केही हुन्छ कि !’
एकता सभामा राष्ट्रिय सभागृहको हल पनि खचाखच थियो । बाहिर पनि नेता तथा कार्यकर्ताको उपस्थिति बाक्लै देखिन्थ्यो
राजसंस्था र हिन्दुराष्ट्र मुख्य मुद्दा
एकीकृत राप्रपाले संवैधानिक राजसंस्थ्ाा र नेपाललाई हिन्दु राष्ट्र बनाउने विषयलाई मुख्य मुद्दाका रुपमा उठाउने भएको छ । यो विषय उनीहरुले यसअघि पनि उठाउँदै आएका थिए । अब जनतामा लिएर जाने अध्यक्ष त्रयको प्रतिवद्धता छ ।
अध्यक्ष लोहनीले २५० बर्ष अगाडि खडा भएको राजसंसस्था नेपालका लागि आवश्यक रहेको तर्क गरे । बेलायत, जापान, स्वीडेन र थाइल्याण्डमा राजसंस्था रहेको उदाहरण दिँदै उनले भने, ‘नागरिकहरुलाई मनोवैज्ञानिक रुपमा सुरक्षा दिन नेपालमा राजसंस्था आवश्यक छ ।’
अध्यक्ष राणाले जनताबाट दुई तिहाइ बहुमत ल्याएर संविधान संशोधन गरेर राजसंस्था र हिन्दु राष्ट्रलाई पुर्नस्थापित गरिने दाबी गरे ।
अध्यक्ष थापाले राजसंस्था र हिन्दु राष्ट्रको विषयलाई उठाएरै कम्युनिस्ट र कांग्रेसको विकल्पमा रुपमा स्थापित हुने उद्घोष गरे ।
समाजवादी र राजापातर्फ लक्षित गर्दै उनले भने, ‘केही पार्टीहरु आफूलाई तेस्रो शक्तिका रुपमा दाबी गर्दै आएका छन । तर, कांग्रेस र कम्युनिस्टकै पदचापमा हिँड्नेहरु विकल्प बन्न सक्दैनन् ।’
संघीयताको विषयमा भने अध्यक्षत्रय थापा, लोहनी र राणा मौन रहे । देश संघीयतामा गएपछि भ्रष्टाचार पनि सोहीअनुसार वीकेन्द्रीकरण भएको भनेर यसप्रति अध्यक्ष लोहनीले कटाक्ष गरे पनि संघीयताकै विषयमा थप केही बोलेनन् ।
झापाबाट गणतन्त्रवादीकै सहयोगमा चुनाव जितेका सांसद राजेन्द्र लिङदेनले गणतन्त्रको विरोध गर्दै राप्रपाका नेताहरु नफुटेको भए गणतन्त्र नै नआउने दाबी गरे ।
यो पनि पढ्नुहोसराप्रपा नेतृत्वलाई लिङ्देनको प्रश्न : तपाईंहरु नजुधेको भए गणतन्त्र आउँथ्यो ?
राप्रपाबाट बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद रीना गुरुङले भने हालको शासकीय स्वरुपका विषयमा जनमत संग्रहको माग गरिन् ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












