नेकपाकै मोडेलमा राप्रपाको एकता, राजसंस्था र हिन्दुराष्ट्र मुख्य मुद्दा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकीकरण भएको छ।
बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता सभामा अध्यक्षद्वय कमल थापा र पशुपतिशम्शेर जवराले एकीकरण पत्र आदानप्रदान गरेका छन्।
दुई पार्टी एकीकरणपछि राप्रपामा अब तीन अध्यक्ष रहनेछन्। थापा, राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेका छन्।
बुधबार एक भएका राप्रपाका तीनै समूह हुन्, जसले करिब चार बर्षअघि घोषणा गरेको एकता टिक्न सकेन । अहिलेसम्म आउँदा नेताहरुले गीताको किताब छोएर कसम खानुपरेको छ ।
२०७३ फागुनमा सम्पन्न एकता महाधिवेशनबाट कमल थापा अध्यक्षमा निर्वाचित भएका थिए । उनी अध्यक्षमा निर्वाचित भएको ६ महिना पनि हुन नपाउँदै राणा र लोहनीले छुट्टाछुट्टै पार्टी गठन गरे ।
केही समयपछि राणा र लोहनीको पार्टी मिल्यो र राप्रपा संयुक्त बन्यो । कमल थापाले बेग्लै पार्टी चलाए ।
बुधबारदेखि फेरि तीनै नेताहरु एक ठाउँमा आएका छन् ।
बुधबारको घोाषणा सभामा चार बर्षअघिको पार्टी एकतालाई अध्यक्ष थापाले सम्भिmए । राप्रपाका धारहरु पुनः एक भएकोमा उनले खुसी प्रकट गरे ।
अब फेरि पार्टी फुटाउने कि नफुटाउने भन्ने सन्दर्भमा बुधबार केही फरक दृश्य देखियो । एकीकृत पार्टीका अध्यक्षत्रय थापा, राणा र लोहनीले हिन्दूको धार्मिक ग्रन्थ गीता साक्षी राखेर पार्टी नफुटाउने प्रतिज्ञा गरे ।
अध्यक्ष थापाले गीताको गुटिका हातमा लिएर देखाउँदै भने, ‘यो गीता हातमा राखेर कसम खान्छु, राप्रपालाई फुट्न दिन्नँ ।
‘यहाँ गीता पनि छ’ भनेर भूमिका बाँध्दै अर्का अध्यक्ष लोहनीले पनि बाचा गरे, ‘चिन्ता नगर्नुस् हामी यो पार्टी एक बनाएर लैजान्छौं, लैजान्छौं, लैजान्छौं । धर्म र कर्ममा विश्वास गरेर जान्छौं ।’
तर, अध्यक्ष राणाले भने गीता साक्षी राखेर कसम खाएनन् । उनले भाषण सकेर विदा मागिसकेका थिए । हलमा रहेका कार्यकर्ताबाट दबाव गयो, ‘गीता छोएर पार्टी नफुटाउने खसम खानुपर्छ । कार्यकर्ताको दबावपछि मञ्चमा फर्किएर राणाले भने, ‘यो पार्टी फुट्न दिन्नौं ।’
गीता नै छोएर अध्यक्षत्रयले पार्टी नफुटाउने प्रतिज्ञा गरेपछि सभामा उपस्थित नेता तथा कार्यक्रता उत्साही देखिन्थे । पार्टी नफुटाउने प्रतिज्ञामा हुटिङ गर्दै उनीहरुले ताली बजाएर साथ दिए । कार्यकर्ता भन्दै थिए, ‘अब केही हुन्छ कि !’
एकता सभामा राष्ट्रिय सभागृहको हल पनि खचाखच थियो । बाहिर पनि नेता तथा कार्यकर्ताको उपस्थिति बाक्लै देखिन्थ्यो
राजसंस्था र हिन्दुराष्ट्र मुख्य मुद्दा
एकीकृत राप्रपाले संवैधानिक राजसंस्थ्ाा र नेपाललाई हिन्दु राष्ट्र बनाउने विषयलाई मुख्य मुद्दाका रुपमा उठाउने भएको छ । यो विषय उनीहरुले यसअघि पनि उठाउँदै आएका थिए । अब जनतामा लिएर जाने अध्यक्ष त्रयको प्रतिवद्धता छ ।
अध्यक्ष लोहनीले २५० बर्ष अगाडि खडा भएको राजसंसस्था नेपालका लागि आवश्यक रहेको तर्क गरे । बेलायत, जापान, स्वीडेन र थाइल्याण्डमा राजसंस्था रहेको उदाहरण दिँदै उनले भने, ‘नागरिकहरुलाई मनोवैज्ञानिक रुपमा सुरक्षा दिन नेपालमा राजसंस्था आवश्यक छ ।’
अध्यक्ष राणाले जनताबाट दुई तिहाइ बहुमत ल्याएर संविधान संशोधन गरेर राजसंस्था र हिन्दु राष्ट्रलाई पुर्नस्थापित गरिने दाबी गरे ।
अध्यक्ष थापाले राजसंस्था र हिन्दु राष्ट्रको विषयलाई उठाएरै कम्युनिस्ट र कांग्रेसको विकल्पमा रुपमा स्थापित हुने उद्घोष गरे ।
समाजवादी र राजापातर्फ लक्षित गर्दै उनले भने, ‘केही पार्टीहरु आफूलाई तेस्रो शक्तिका रुपमा दाबी गर्दै आएका छन । तर, कांग्रेस र कम्युनिस्टकै पदचापमा हिँड्नेहरु विकल्प बन्न सक्दैनन् ।’
संघीयताको विषयमा भने अध्यक्षत्रय थापा, लोहनी र राणा मौन रहे । देश संघीयतामा गएपछि भ्रष्टाचार पनि सोहीअनुसार वीकेन्द्रीकरण भएको भनेर यसप्रति अध्यक्ष लोहनीले कटाक्ष गरे पनि संघीयताकै विषयमा थप केही बोलेनन् ।
झापाबाट गणतन्त्रवादीकै सहयोगमा चुनाव जितेका सांसद राजेन्द्र लिङदेनले गणतन्त्रको विरोध गर्दै राप्रपाका नेताहरु नफुटेको भए गणतन्त्र नै नआउने दाबी गरे ।
यो पनि पढ्नुहोसराप्रपा नेतृत्वलाई लिङ्देनको प्रश्न : तपाईंहरु नजुधेको भए गणतन्त्र आउँथ्यो ?
राप्रपाबाट बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद रीना गुरुङले भने हालको शासकीय स्वरुपका विषयमा जनमत संग्रहको माग गरिन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












