अब गुराँस मासे कारवाही !
बागलुङ । घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । हरेक नयाँ वर्षमा ‘गुराँस उत्सव’ चल्छ । गुराँस नफुल्दा तीन हजार १२० मिटर अग्लो घुम्टे लेकको साख घट्छ ।
लाग्छ, घुम्टे र गुराँस एक अर्काका पर्याय हुन् । गलकोटस्थित घुम्टे लेकको सौन्दर्य नासिन नदिन र पर्यावरण जोगाउन गाउँले लागिपरेका छन् । गुराँस संरक्षणमा जुटेका छन् । गुराँस मासे जोकोहीलाई कारवाही हुन्छ । जथाभावी गुराँस टिप्न पनि रोक लगाइएको छ । चरिचरनदेखि कटान नियन्त्रण गरिएको छ । “हाँगासमेत भाँच्न पाइँदैन, त्यस्तो गरेको भेटिएमा कारवाही हुन्छ”, घुम्टे–कौलेनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सूर्यबहादुर थापाले भने । घुम्टे लेकको पर्यटकीय आकर्षण टिकाउन गुराँस संरक्षणमा लाग्नुपरेको उनको भनाइ छ । चरन र काठ–दाउरा चोरीले गुराँस नासिन थालेपछि संरक्षण योजना ल्याइएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए ।
शुरुमा गाउँलेले सर्वपक्षीय भेला डाकी गुराँसको बोट, हाँगाबिँगा काट्न नपाइने निर्णय गरेका थिए । “विसं २०७० देखि नै गुराँस संरक्षणको प्रयास अगाडि बढाइएको हो”, उनले भने, “सामुदायिक वनसँगको सहकार्यमा हामीले पनि काम गरिरहेका छौँ ।” केन्द्रको पहलमा गत वर्षायाममा घुम्टे जाने पदमार्ग छेउछाउमा १५० गुराँसका बिरुवा रोपिएको उनको भनाइ छ ।
केन्द्रले गुराँसको बोटबिरुवा मासेको कहीँकतै भेटिए वन ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाउन सामुदायिक वनलाई आग्रह गरेको छ । गुराँसको घना जङ्गल भने घुम्टेको राष्ट्रिय वन क्षेत्रमा छ । यसअघि पशुचौपायाको खुला चरनका कारण गुराँसको नयाँ बिरुवा हुर्कनै समस्या थियो ।
गुराँस संरक्षण अभियान चलेपछि स्वःस्फूर्तरुपमा काठ–दाउरा कटान र चरन रोकिएको स्थानीयवासी बताउँछन् । गुराँस बलियो काठ भएकाले फर्निचर, ठेकाठेकी, दाउरा र जडीबुटीजन्य औषधि बनाउनसमेत प्रयोग हुँदै आएको थियो ।
गलकोट नगरपालिका–५ टेउवादेखि शुरु हुने पदमार्गमा हिँडेदेखि नै गुराँसका बोट भेटिन थाल्छन् । जतिमाथि चढ्यो उति बाक्लो गुराँसे जङ्गल पुगिन्छ । भीमकाय रुखदेखि ससाना बोटमा ढकमक्क फुलेको गुराँसले पर्यटकलाई मोहित पार्छ ।
“ठ्याक्कै वैज्ञानिक अध्ययन त भएको छैन, तर घुम्टेमा दर्जन प्रजातिमा गुराँस भएको अनुमान छ”, सामुदायिक वन उपभोक्ता महासङ्घ बागलुङका अध्यक्ष राज थापाले भने, “पर्यटक लोभ्याउने गुराँसको संरक्षणमा सबैको साथ चाहिन्छ ।” सामुदायिक वन र पर्यटन विकास केन्द्रले गुराँसको बोट संरक्षण गर्ने, नयाँ बिरुवा रोप्ने र गुराँसको महत्वबारे जनचेतना बढाउने कामसमेत गर्दै आएका छन् ।
कतिपयले जिल्लामा गुराँसको सबैभन्दा ठूलो वन क्षेत्र घुम्टेमै रहेको जिकिर गर्छन् । गुराँस फुल्ने याममा घुम्टे चढ्ने पर्यटकको सङ्ख्या उल्लेख्य हुन्छ । पर्यटन विकास केन्द्रले विगत छ वर्षदेखि नयाँ वर्षको अवसरमा घुम्टेमै ‘गुराँस उत्सव’ आयोजना गर्दै आएको छ ।
घुम्टेको पर्यटन प्रवद्र्धन र गुराँस संरक्षणको लागि उत्सव आयोजना गर्ने गरिएको केन्द्रका अध्यक्ष बस्नेतले बताए । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ र वैशाख १ गतेलाई ‘राष्ट्रिय गुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ ।
गुराँस उत्सवका अवसरमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झण्डोत्तलन, ‘क्याम्प फायर’लगायतका कार्यक्रम गरिन्छ । धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले महत्वपूर्ण घुम्टे गण्डकी प्रदेशको पर्यटकीय गन्तव्यमा सूचीकृत छ ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












