अस्पतालमा ‘आइसोलेशन कक्ष’, सीमामा उच्च निगरानी
कञ्चनपुर । कोभिड– १९ का शङ्कास्पद बिरामीका लागि सुदूरपश्चिम सरकारले प्रदेश तथा सबै जिल्ला अस्पतालमा ‘आइसोलेशन कक्ष’ स्थापना गरेको छ । आवश्यक स्वास्थ्यकर्मीसहित कक्ष स्थापना गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।
शङ्कास्पद देखिएका बिरामीको उपचारका लागि अस्पतालमा दुई श्ययासहितका आइसोलेशन कक्ष स्थापना गरेका छौँ”, उनले भने, “सीमा क्षेत्रमा राखिएका स्वास्थ्य हेल्थ डेस्कमा तयारी अवस्थामा एम्बुलेन्ससमेत राखिएको छ । पूर्वतयारी गरिएको छ ।” कञ्चनपुरको महाकाली, कैलालीको सेती अस्पतालसहित अन्य जिल्ला अस्पतालमा सो कक्ष स्थापना गरिएको जनाइएको छ ।
कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी सीमानाकामा रहेका हेल्थ डेस्कमा एम्बुलेन्सको व्यवस्था गरिएको छ ।
“आइसोलेशन कक्षसहित स्वास्थ्यकर्मीको व्यवस्था भइसके पनि आवश्यक औषधि र उपकरणका लागि आपूर्ति शाखालाई भनेका छौँ”, सूचना अधिकारी खड्काले भने, “एक÷दुई दिनभित्र त्यसको पनि व्यवस्था हुन्छ ।” शङ्कास्पद बिरामीको खकार, सिँगान र रगतको नमूना सङ्कलन गरी जिल्ला अस्पताल, प्रदेशस्तरीय अस्पतालले प्रदेशमा रहेको प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ ।
सङ्कलित नमूनाको पहिचान र निदानका लागि राष्ट्रिय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ । उनका अनुसार प्रदेशका १२ वटा स्थानमा हेल्थ डेस्क सञ्चालनमा रहेका छन् । भारतबाट आउने बिरामीमाथि निगरानी गरी सीमा क्षेत्रमा रहेका हेल्थ डेस्कमा थर्मल स्क्यानगरका माध्यमबाट जाँचपछि मात्रै नाका प्रवेश गर्न दिने गरिएको छ । सो भाइरसबारे सर्वसाधारणलाई जानकारी दिनका लागि जनचेतनामूलक कार्यक्रमसमेत आयोजना भइरहेका छन् ।
स्थानीय तहले सरोकारवालासँग बैठक अन्तक्र्रियालगायतका कार्यक्रम गरी सो भाइरसको जोखिम बारे सचेत गराउँदै आएको छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका अधिकृत कपिलदेव जोशीले भाइरस प्रभावित स्थानबाट यात्रा गरी फर्किने यात्रुले घर वा बासस्थानमा फर्केको दिनदेखि १४ दिनसम्म अपनाउनुपर्ने अति आवश्यक क्रियाकलापबारे पर्चा पम्लेटका माध्यमबाट जानकारी दिने कार्य भइरहेको जानकारी दिए।
“भारतमा कोरोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएपछि नेपाल फर्कनेमाथि निगरानी राख्ने कार्य भइरहेको छ”, उनले भने, “सीमा नाका भएर आवतजावत गर्नेलाई सावधानी अपनाउनका लागि भन्दै आएका छौँ । थर्मल स्क्यानरको सहायताले स्वास्थ्य जाँचसमेत हुँदै आएको छ ।” हालसम्म सुदूरपश्चिम क्षेत्रमा कोरोना भाइरसका शङ्कास्पद बिरामी भने फेला परेका छैनन् ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












