नेकपाको सचिवालय बैठक बस्दै, के छन छलफलका एजेण्डा ?
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबारका लागि सचिवालय बैठक बोलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपनपछि पहिलो पटक नेकपाको सचिवालय बैठक बस्न लागेको हो । ओली अस्पताल भर्नाहुनुअघि फागुन १८ मा बसेको सचिवालय बैठकपछि आज बैठक बस्न लागेको हो ।
मिर्गाैला प्रत्यारोपण गरेर स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री ओलीले सक्रियता बढाएसँगै हिजो बालुवाटारमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । त्यसपछि उनीहरुले सचिवालय बैठक आह्वान गरेका हुन् ।
सत्तारुढ दल नेकपाले दुई अध्यक्षबीचको छलफलपछि बुधबार सचिवालय बैठक बोलाएको छ। प्रधानमन्त्री केपी ओली मिर्गौला पुन: प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि १८ फागुनमा बैठक बसेको थियो।
आज बस्ने सचिवालय बैठकले उपाध्यक्ष समेत रहेका बामदेव गाैतमलाई राष्ट्रियसभामा लैजानेबारे निर्णय गर्ने जनाइएको छ । तर, यो विषय नेकपामा पेचिलो बन्दै गएकाले आजको बैठक थप विवादमय हुनसक्ने आकलन समेत गरिएको छ ।
बैठक बोलाउन प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार बालुवाटारमा छलफल भएको थियो। दुई अध्यक्षबीच संवादका लागि महासचिव विष्णु पौडेलले भूमिका खेलेका थिए। पौडेलले बिहान खुमलटार पुगेर दाहालसँग छलफल गरेका थिए।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












