रसुवागढी र तातोपानी नाका खोलिँदै, कोरोना नियन्त्रण नगरी नखोल्न दबाब
काठमाडौँ । चीनसँग जोडिएका तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउने सरकारको निर्णयमा जनप्रतिनिधिले आपत्ति जनाएका छन्।
तातोपानी नाका खुलाउन सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले अन्तराष्ट्रियस्तरको ‘हेल्प डेक्स’ राख्ने तयारी गरिरहेको छ। तर, रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ का वडाध्यक्ष दावा डिण्डुप तामाङले जिल्ला प्रशासन कार्यालय, रसुवालाई पत्र काट्दै आपत्ति जनाएका हुन्। नाका खोल्दा विश्वभर महामारी बनेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलन सक्ने भन्दै उनले आपत्ति जनाएका हुन्।
सामान आयात-निर्यातका लागि चिनतर्फका रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको उच्चस्तरीय बैठकले निर्णय गरेको थियो। आपत्ति किन? वडाध्यक्ष तामाङले प्रशासनलाई लेखेको पत्रमा भनिएको छ, ‘मित्र राष्ट्र चीनको वुहान शहरबाट सुरुवात भएको कोरोना भाइरस विश्वभर जोखिम बनेको छ।
नेपालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ। यस्तो अवस्थामा रसुवागढी नाका सञ्चालनमा ल्याउनु भनेको अर्को खतरा निम्त्याउनु हो।’ ‘एकतिर सरकारले जोखिम रोक्न लकडाउन गरिराखेको छ। तर, यसबीचमा अन्तराष्टिय नाका सञ्चालनमा ल्याउने निर्णयले जनताल् शान्तिसँग बाँच्न पाउने अधिकार हनन भइ आम मानसिक तनाव तथा आतंक पार्ने काम भएकाले भाइरसको रोकथामतिर भन्दा संक्रमण फैलाउनेतिर अग्रसर भएको महसुश भएको छ,’ पत्रमा लेखिएको छ।
‘कोरोनाको रोकथाम नभएसम्म नाका सञ्चालनको लागि वडाले सहमति जनाउन सक्दैन’ वडाध्यक्षद्वारा लिखित पत्रमा भनिएको छ, ‘संक्रमणको अन्त्य नभएसम्म नाका र वडा क्षेत्रमा आवत जावत नगर्ने समेत आग्रह गर्दछौँ।’ सञ्चालनको तयारी यता, चीनसँग नाका जोडिएको प्रमुख व्यापारिक तातोपानी नाका भने सञ्चालनको तयारी गरिएको छ। नाका सञ्चालनका लागि भोटेकोशी गाउँपालिकामा अन्तराष्ट्रिय मापदण्डको ‘हेल्प डेस्क’ राखेर सञ्चालनमा ल्याउने तयारी भइराखेको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।
‘जनप्रतिनिधिहरुको बैठकले डब्लु एचओको मापदण्डअनुरूप ‘हेल्प डेस्क’ स्थापना गर्ने निर्णय भएको छ’, पौडेलले भने, ‘गाउँपालिकामा कोही कसैलाई कोरोना भाइरससँग मिल्दो लक्षण देखिएमा झिर्पुमा स्थापित केन्द्रमा राखिने छ। संक्रमण बढेमा धुलिखेल अस्पताल पठाइने व्यवस्था मिलाइने छ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












