रसुवागढी र तातोपानी नाका खोलिँदै, कोरोना नियन्त्रण नगरी नखोल्न दबाब
काठमाडौँ । चीनसँग जोडिएका तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउने सरकारको निर्णयमा जनप्रतिनिधिले आपत्ति जनाएका छन्।
तातोपानी नाका खुलाउन सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले अन्तराष्ट्रियस्तरको ‘हेल्प डेक्स’ राख्ने तयारी गरिरहेको छ। तर, रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ का वडाध्यक्ष दावा डिण्डुप तामाङले जिल्ला प्रशासन कार्यालय, रसुवालाई पत्र काट्दै आपत्ति जनाएका हुन्। नाका खोल्दा विश्वभर महामारी बनेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलन सक्ने भन्दै उनले आपत्ति जनाएका हुन्।
सामान आयात-निर्यातका लागि चिनतर्फका रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको उच्चस्तरीय बैठकले निर्णय गरेको थियो। आपत्ति किन? वडाध्यक्ष तामाङले प्रशासनलाई लेखेको पत्रमा भनिएको छ, ‘मित्र राष्ट्र चीनको वुहान शहरबाट सुरुवात भएको कोरोना भाइरस विश्वभर जोखिम बनेको छ।
नेपालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ। यस्तो अवस्थामा रसुवागढी नाका सञ्चालनमा ल्याउनु भनेको अर्को खतरा निम्त्याउनु हो।’ ‘एकतिर सरकारले जोखिम रोक्न लकडाउन गरिराखेको छ। तर, यसबीचमा अन्तराष्टिय नाका सञ्चालनमा ल्याउने निर्णयले जनताल् शान्तिसँग बाँच्न पाउने अधिकार हनन भइ आम मानसिक तनाव तथा आतंक पार्ने काम भएकाले भाइरसको रोकथामतिर भन्दा संक्रमण फैलाउनेतिर अग्रसर भएको महसुश भएको छ,’ पत्रमा लेखिएको छ।
‘कोरोनाको रोकथाम नभएसम्म नाका सञ्चालनको लागि वडाले सहमति जनाउन सक्दैन’ वडाध्यक्षद्वारा लिखित पत्रमा भनिएको छ, ‘संक्रमणको अन्त्य नभएसम्म नाका र वडा क्षेत्रमा आवत जावत नगर्ने समेत आग्रह गर्दछौँ।’ सञ्चालनको तयारी यता, चीनसँग नाका जोडिएको प्रमुख व्यापारिक तातोपानी नाका भने सञ्चालनको तयारी गरिएको छ। नाका सञ्चालनका लागि भोटेकोशी गाउँपालिकामा अन्तराष्ट्रिय मापदण्डको ‘हेल्प डेस्क’ राखेर सञ्चालनमा ल्याउने तयारी भइराखेको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।
‘जनप्रतिनिधिहरुको बैठकले डब्लु एचओको मापदण्डअनुरूप ‘हेल्प डेस्क’ स्थापना गर्ने निर्णय भएको छ’, पौडेलले भने, ‘गाउँपालिकामा कोही कसैलाई कोरोना भाइरससँग मिल्दो लक्षण देखिएमा झिर्पुमा स्थापित केन्द्रमा राखिने छ। संक्रमण बढेमा धुलिखेल अस्पताल पठाइने व्यवस्था मिलाइने छ।’
Comments
अरु समाचार
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...












