नेकपा सचिवालय बैठकः भ्रष्टाचारको छानबिन गर्न प्रधानमन्त्री ओलीलाई ‘चेतावनीपूर्ण’ शैलीमा दबाव
काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा नेताहरूले कोरोनाभाइरस सङ्क्रमणको सम्भावित महामारी रोकथाम र नियन्त्रणका निम्ति चीनबाट सामान खरिद गर्दा भ्रष्टाचार भएको भन्ने विषयमा नेताहरूले छानबिन हुनुपर्ने माग गरेका छन्।
वरिष्ठ नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे आफूले अध्ययन गरिरहेको जानकारी बैठकमा गराएका छन्।
केही दिनअघि चीनबाट स्वास्थ्य सामग्री किन्न एउटा निजी कम्पनीलाई दिइएको जिम्मेवारी र उसले कबुल गरेअनुसार सामान नल्याएको भन्दै उससँगको सम्झौता रद्द गरिएको विषयले निकै चर्चा पाएको थियो।
त्यस प्रकरणमा भ्रष्टाचार भएको र त्यसमा राजनीतिक संरक्षण रहेको खबरहरू प्रकाशित भएपछि त्यो विषयले बैठकमा प्रवेश पाएको थियो।
चेतावनीपूर्ण शैली
तर नेता खनालले ‘कुनै संस्था वा कम्पनी विशेषमा केन्द्रित नभएर समग्र प्रक्रियामा भ्रष्टाचारको कुरा उठाएको’ बताए।
उनले बैठकमा आफूहरूले राखेको धारणा सुनाउँदै बीबीसीसँग भने, “समग्रमा जे भएको छ, योबारेमा अध्ययन गर्नुपर्यो, छानबिन गर्नुपर्यो, आवश्यकता परे पार्टीले पनि छानबिन गर्छ।”
“छानबिन गर्ने निकायकहरू छन्। ती निकायहरूलाई काम गर्न लगाउनुपर्यो, प्रधानमन्त्री गम्भीर हुनुपर्यो।”
उनको भनाइले नेताहरूले चेतावनीपूर्ण शैलीमा कुरा उठाएको बुझिन्छ।
नेता खनालले भने, “प्रधानमन्त्रीले त्यो प्रकारका अनियमितता गर्ने मान्छेहरूमाथि कडाभन्दा कडा कारबाही अविलम्ब थाल्नुपर्छ, अन्यथा राम्रो हुँदैन, पार्टीले यस्तो खालको कुरा सहदैन भनेका छौँ।”
प्रधानमन्त्री ‘अध्ययन गर्दै’
त्यस विषयमा प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले आफूले अध्ययन गरिरहेको जानकारी गराएको खनालले बताए।
प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनले भने, “वहाँले ‘म त्यसबारे गम्भीर छु, आफैँ पनि अध्ययन गरिरहेको छु। जुन प्रकारका गल्ती कमजोरी देखा पर्छन् त्यस आधारमा म कडाइका साथ जान्छु’ भन्नु भएको छ।”
चीनबाट निजी कम्पनीले सामान ल्याएको विषय विवादमा परेपछि सरकार-सरकारबीच अर्थात् जीटूजी विधिअनुसार सामान किन्ने निर्णय गरिएको थियो।
स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा खरिद गर्ने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ।
सरकारको भूमिका तलमाथि
नेकपाकै कतिपय सचिवालय सदस्य त्यसप्रति असन्तुष्ट रहेको बताइएको थियो।
तर त्यसबारे गहिरिएर कुरा नभएको बताउँदै नेता खनालले त्यसमा नेपाली सेनाको भूमिकाबारे मात्र कुरा भएको जानकारी दिए।
उनले भने, “नागरिक सरकारको भूमिका तलमाथि पर्ने गरीकन सेनालाई दिने कुरा उपयुक्त हुँदैन। सङ्कटको घडीमा सेनालाई परिचालन गर्ने काम अधिकतम रूपमा गर्नुपर्छ भन्यौँ।”
उनका अनुसार प्रधानमन्त्रीले ‘ठिक छ, त्यसलाई गम्भीरतापूर्वक लिन्छौँ’ भन्ने उत्तर दिएका थिए।
हस्ताक्षर सङ्कलनको यथार्थ
नेकपाभित्र पार्टी सचिवालयको बैठक डाक्नुपर्ने माग नेताहरूले गरिरहेका थिए। तर प्रधानमन्त्री कोरोनाभाइरस सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकार व्यस्त रहेको भन्दै तत्कालै बैठक बोलाउने पक्षमा नरहेको भन्ने खबरहरू आइरहेका थिए।
त्यही परिप्रेक्ष्यमा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै भनेका थिए, “हो, मैले पार्टी सचिवालयको बैठक बस्न माग गरेको छु। दुवै अध्यक्ष कमरेडहरूलाई अनुरोध गरेको छु।”
आवश्यकता पर्दा मन्त्रिपरिषद् र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ। आजको सन्दर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ। त्यसैले शिघ्र बैठक बस्ने विश्वास छ, बस्नै पर्छ।”
सचिवालयका केही सदस्यहरूले बीबीसीसँगको कुराकानीमा ‘केही साथीहरूले दबाव दिन त्यसो गर्नुपर्ने कुरा उठाएको’ बताए।
तर उनीहरूले त्यसमा आफ्नो संलग्नता पुष्टि गरेनन्।
अन्तत: बैठक बसेपछि त्यो बाटोको औचित्य समाप्त भएर राम्रै भयो भन्ने उनीहरूको भनाइ थियो।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












