नेकपा सचिवालय बैठकः भ्रष्टाचारको छानबिन गर्न प्रधानमन्त्री ओलीलाई ‘चेतावनीपूर्ण’ शैलीमा दबाव
काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा नेताहरूले कोरोनाभाइरस सङ्क्रमणको सम्भावित महामारी रोकथाम र नियन्त्रणका निम्ति चीनबाट सामान खरिद गर्दा भ्रष्टाचार भएको भन्ने विषयमा नेताहरूले छानबिन हुनुपर्ने माग गरेका छन्।
वरिष्ठ नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे आफूले अध्ययन गरिरहेको जानकारी बैठकमा गराएका छन्।
केही दिनअघि चीनबाट स्वास्थ्य सामग्री किन्न एउटा निजी कम्पनीलाई दिइएको जिम्मेवारी र उसले कबुल गरेअनुसार सामान नल्याएको भन्दै उससँगको सम्झौता रद्द गरिएको विषयले निकै चर्चा पाएको थियो।
त्यस प्रकरणमा भ्रष्टाचार भएको र त्यसमा राजनीतिक संरक्षण रहेको खबरहरू प्रकाशित भएपछि त्यो विषयले बैठकमा प्रवेश पाएको थियो।
चेतावनीपूर्ण शैली
तर नेता खनालले ‘कुनै संस्था वा कम्पनी विशेषमा केन्द्रित नभएर समग्र प्रक्रियामा भ्रष्टाचारको कुरा उठाएको’ बताए।
उनले बैठकमा आफूहरूले राखेको धारणा सुनाउँदै बीबीसीसँग भने, “समग्रमा जे भएको छ, योबारेमा अध्ययन गर्नुपर्यो, छानबिन गर्नुपर्यो, आवश्यकता परे पार्टीले पनि छानबिन गर्छ।”
“छानबिन गर्ने निकायकहरू छन्। ती निकायहरूलाई काम गर्न लगाउनुपर्यो, प्रधानमन्त्री गम्भीर हुनुपर्यो।”
उनको भनाइले नेताहरूले चेतावनीपूर्ण शैलीमा कुरा उठाएको बुझिन्छ।
नेता खनालले भने, “प्रधानमन्त्रीले त्यो प्रकारका अनियमितता गर्ने मान्छेहरूमाथि कडाभन्दा कडा कारबाही अविलम्ब थाल्नुपर्छ, अन्यथा राम्रो हुँदैन, पार्टीले यस्तो खालको कुरा सहदैन भनेका छौँ।”
प्रधानमन्त्री ‘अध्ययन गर्दै’
त्यस विषयमा प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले आफूले अध्ययन गरिरहेको जानकारी गराएको खनालले बताए।
प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनले भने, “वहाँले ‘म त्यसबारे गम्भीर छु, आफैँ पनि अध्ययन गरिरहेको छु। जुन प्रकारका गल्ती कमजोरी देखा पर्छन् त्यस आधारमा म कडाइका साथ जान्छु’ भन्नु भएको छ।”
चीनबाट निजी कम्पनीले सामान ल्याएको विषय विवादमा परेपछि सरकार-सरकारबीच अर्थात् जीटूजी विधिअनुसार सामान किन्ने निर्णय गरिएको थियो।
स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा खरिद गर्ने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ।
सरकारको भूमिका तलमाथि
नेकपाकै कतिपय सचिवालय सदस्य त्यसप्रति असन्तुष्ट रहेको बताइएको थियो।
तर त्यसबारे गहिरिएर कुरा नभएको बताउँदै नेता खनालले त्यसमा नेपाली सेनाको भूमिकाबारे मात्र कुरा भएको जानकारी दिए।
उनले भने, “नागरिक सरकारको भूमिका तलमाथि पर्ने गरीकन सेनालाई दिने कुरा उपयुक्त हुँदैन। सङ्कटको घडीमा सेनालाई परिचालन गर्ने काम अधिकतम रूपमा गर्नुपर्छ भन्यौँ।”
उनका अनुसार प्रधानमन्त्रीले ‘ठिक छ, त्यसलाई गम्भीरतापूर्वक लिन्छौँ’ भन्ने उत्तर दिएका थिए।
हस्ताक्षर सङ्कलनको यथार्थ
नेकपाभित्र पार्टी सचिवालयको बैठक डाक्नुपर्ने माग नेताहरूले गरिरहेका थिए। तर प्रधानमन्त्री कोरोनाभाइरस सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकार व्यस्त रहेको भन्दै तत्कालै बैठक बोलाउने पक्षमा नरहेको भन्ने खबरहरू आइरहेका थिए।
त्यही परिप्रेक्ष्यमा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै भनेका थिए, “हो, मैले पार्टी सचिवालयको बैठक बस्न माग गरेको छु। दुवै अध्यक्ष कमरेडहरूलाई अनुरोध गरेको छु।”
आवश्यकता पर्दा मन्त्रिपरिषद् र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ। आजको सन्दर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ। त्यसैले शिघ्र बैठक बस्ने विश्वास छ, बस्नै पर्छ।”
सचिवालयका केही सदस्यहरूले बीबीसीसँगको कुराकानीमा ‘केही साथीहरूले दबाव दिन त्यसो गर्नुपर्ने कुरा उठाएको’ बताए।
तर उनीहरूले त्यसमा आफ्नो संलग्नता पुष्टि गरेनन्।
अन्तत: बैठक बसेपछि त्यो बाटोको औचित्य समाप्त भएर राम्रै भयो भन्ने उनीहरूको भनाइ थियो।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











