ट्रम्पलाई राष्ट्रसंघको जवाफ- ‘यो स्रोत घटाउने समय होइन’
न्युयोर्क । संयुक्त राष्ट्रसंघले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को बचाउ गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओलाई दिएको आर्थिक सहयाता कटौती गर्ने बताएपछि संयुक्त राष्ट्रसंघले यो स्रोत घटाउने समय नभएको प्रतिक्रिया दिएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “कोरोना भाइरसविरुद्धको लडाइँमा रहेका विश्व स्वास्थ्य संगठनको सञ्चालन अथवा अन्य कुनै मानवीय सहायता संस्थाहरुका लागि आवश्यक स्रोत घटाउने समय यो होइन । अहिले सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय एकबद्ध भएर कोरोना भाइरसको संक्रमण नियन्त्रणको लडाइँमा सकारात्मक परीणामका अघि बढ्ने समय हो ।”
विश्व स्वास्थ्य संगठनका हजारौं मानिसहरु कोरोनाविरुद्धको लडाइँको अग्रपंक्तिमा रहेको र मानव जीवन बचाउने अभियानमा होमिएको गुटेरेसलेबताएका छन् । उनले भने, “कोभिड-१९ विरुद्धको युद्धमा अहिले विश्व निकै महत्वपूर्ण संघर्ष गरिरहेको छ । त्यसकारण विश्व स्वास्थ्य संठनलाई सहयोग गर्नैपर्छ ।”
उनले हाम्रो जीवनकालको अकल्पनीय महामारी भएकोले यसलाई परास्त गर्नका लागि निकै ठूलो संघर्ष गर्नुपर्ने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “कुनै तथ्य फरक प्रसंगमा फरक मूल्यांकन भएका हुन सक्छन् । हामी एकपटक फेरि महामारी कसरी सुरु भयो र एकाएक कसरी विश्वभर फैलियो भनेर हेर्ने नै छौं । यस संकटबाट आगामी दिनमा हुने यस्तै किसिमका संकटमा कसरी लड्ने भनेर हामीले पाठ सिक्नेछौं । त्यो आगामी दिनमा हुँदै जाँला । तर, अहिले त्यो समय होइन ।”
अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा मंगलबारको पत्रकार सम्मेलनका क्रममा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्का गर्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका थिए ।
डब्लूएचओलाई सबैभन्दा बढी सहयोग गर्ने राष्ट्र अमेरिका हो । गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४०० मिलियन अमेरिकी डलर सहयोग गरेको थियो । यो डब्लुएचओको कुल बजेटको करिब १५ प्रतिशत हो ।
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण नियन्त्रणको काममा डब्लूएचओ ‘असफल’ भएको आरोप लगाउँदै कोरोना भाइरस चीनमा देखिएपछि त्यसको ढाकछोप गरेको बताएका थिए ।
यसअघि पनि राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई लिएर डब्लूएचओले चीनको पक्षमा वकालत गरेको आरोप लगाएका थिए । त्यसको प्रतिक्रिया स्वरुप संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले कोरोना भाइरसको महामारीलाई राजनीतीकरण नगर्न आग्रह गरेका थिए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












