ट्रम्पलाई राष्ट्रसंघको जवाफ- ‘यो स्रोत घटाउने समय होइन’
न्युयोर्क । संयुक्त राष्ट्रसंघले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को बचाउ गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओलाई दिएको आर्थिक सहयाता कटौती गर्ने बताएपछि संयुक्त राष्ट्रसंघले यो स्रोत घटाउने समय नभएको प्रतिक्रिया दिएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “कोरोना भाइरसविरुद्धको लडाइँमा रहेका विश्व स्वास्थ्य संगठनको सञ्चालन अथवा अन्य कुनै मानवीय सहायता संस्थाहरुका लागि आवश्यक स्रोत घटाउने समय यो होइन । अहिले सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय एकबद्ध भएर कोरोना भाइरसको संक्रमण नियन्त्रणको लडाइँमा सकारात्मक परीणामका अघि बढ्ने समय हो ।”
विश्व स्वास्थ्य संगठनका हजारौं मानिसहरु कोरोनाविरुद्धको लडाइँको अग्रपंक्तिमा रहेको र मानव जीवन बचाउने अभियानमा होमिएको गुटेरेसलेबताएका छन् । उनले भने, “कोभिड-१९ विरुद्धको युद्धमा अहिले विश्व निकै महत्वपूर्ण संघर्ष गरिरहेको छ । त्यसकारण विश्व स्वास्थ्य संठनलाई सहयोग गर्नैपर्छ ।”
उनले हाम्रो जीवनकालको अकल्पनीय महामारी भएकोले यसलाई परास्त गर्नका लागि निकै ठूलो संघर्ष गर्नुपर्ने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “कुनै तथ्य फरक प्रसंगमा फरक मूल्यांकन भएका हुन सक्छन् । हामी एकपटक फेरि महामारी कसरी सुरु भयो र एकाएक कसरी विश्वभर फैलियो भनेर हेर्ने नै छौं । यस संकटबाट आगामी दिनमा हुने यस्तै किसिमका संकटमा कसरी लड्ने भनेर हामीले पाठ सिक्नेछौं । त्यो आगामी दिनमा हुँदै जाँला । तर, अहिले त्यो समय होइन ।”
अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा मंगलबारको पत्रकार सम्मेलनका क्रममा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्का गर्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका थिए ।
डब्लूएचओलाई सबैभन्दा बढी सहयोग गर्ने राष्ट्र अमेरिका हो । गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४०० मिलियन अमेरिकी डलर सहयोग गरेको थियो । यो डब्लुएचओको कुल बजेटको करिब १५ प्रतिशत हो ।
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण नियन्त्रणको काममा डब्लूएचओ ‘असफल’ भएको आरोप लगाउँदै कोरोना भाइरस चीनमा देखिएपछि त्यसको ढाकछोप गरेको बताएका थिए ।
यसअघि पनि राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई लिएर डब्लूएचओले चीनको पक्षमा वकालत गरेको आरोप लगाएका थिए । त्यसको प्रतिक्रिया स्वरुप संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले कोरोना भाइरसको महामारीलाई राजनीतीकरण नगर्न आग्रह गरेका थिए ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...
-
नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य...
-
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर...
-
अबदेखि काठमाडौंमा बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन सेवा प्रदान गर्न अन्तिम तीन दिनको अवधि दिएको छ ।...












