‘सांसद अपहरण गरेको भन्नु कपोकल्पति कुरा हो: डा भट्टराई
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले समाजवादी पार्टीका सांसदलाई अपरहरण गरेको भन्दै बाबुराम भट्टराईले राजनीतिक प्रोपगाण्डा फैलाएको आरोप लगाएका छन्।
समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपको खण्डन गर्दै सांसद बस्नेतले डा भट्टराई लगायतले आफ्नो चरित्रहत्या गरेको दाबी गरे।
‘सांसद अपहरण गरेको भन्नु कपोकल्पति कुरा हो। बाबुराम भट्टराई, विश्वदीप पाण्डेको प्रोपगाण्डा हो। उहाँहरुले चरित्रहत्या गर्नुभयो। सांसद यादव, उहाँकी श्रीमतीले समेत कतै पनि अपहरण हो भनेर भनिरहनु भएको छैन,’उनले भने।
सांसद बस्नेतले लकडाउननका बेला बस्नेतले भक्तपुरमा अलपत्र मजदूरहरूलाई पुर्याउन काभ्रेको भकुण्डेबेंसी पुगेको र त्यसैक्रममा पूर्व आइजीसँग भेट भएर महोत्तरी पुगेको सुनाए।
‘समाजवादीमा लामो समयदेखि समस्या छ। उहाँ साथी पनि हुनुहुन्छ। उहाँले प्रधानमन्त्री ओलीलाई भेट्न पनि चाहानु भएको थाहा भयो। हामी उहाँको घर गयौं। खाना, खाजा खायौं। राजनीतिक विषयमा छलफल भयो। प्रधानमन्त्रीले गर्नुभएको सहयोगको पनि चर्चा गर्नुभयो। पार्टीमा समस्या छ, नेकपामा प्रवेश गर्नुपर्छ भन्ने कुरासम्म भयो। त्यसपछि हामीसँगै काठमाडौं आयौं। उहाँको श्रीमतीलाई पनि जानकारी छ,’ उनले ब्रिफिङ गरे।
सांसद बस्नेतले आज बिहान प्रधानमन्त्री ओलीसँग भेट्ने टुंगो भएको पनि बताए। ‘बिहान प्रधानमन्त्रीसँग ९-१० बजे भेट गर्ने कुरा भएको थियो। बेलुकी हिँडेकाले साढे तीन बजे होटल आइपुगेका थियौं। आराम गर्न भन्दै हामी मेरियटबाट छुट्टियौं।
उनले रेस्ट गर्नका लागि होटलमा छोडेको सांसदलाई अपहरण शैलीमा समाजवादीले लगेर आफूहरुलाई दोषी देखाएको उनको भनाइ छ।
‘हामीले बिहान भेट्ने भनेर रेष्ट गर्नका लागि होटलबाट छुट्टियौं। उहाँहरुले आङकाजीलगायतका मान्छे लगाएर चाहीँ अपहरण शैलीमा लैजानु भो। काक्रो चोरेर आफू खाने। अनि काक्रोंको बिँया साथीको टाउकोमा लगाइदिएर साथीले चोर्यो भनेर दोष लगाउन मिल्छ ?’ उनले भने।
समाजवादी पार्टीले भने आफ्ना पार्टीका सांसदलाई बस्नेतसहित पूर्वआइजिपी सर्वेन्द्र खनाल र नेकपाकै अर्का सांसद किसान श्रेष्ठले ‘अपहरण’ गरेको आरोप लगाएका थिए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












