‘सांसद अपहरण गरेको भन्नु कपोकल्पति कुरा हो: डा भट्टराई
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले समाजवादी पार्टीका सांसदलाई अपरहरण गरेको भन्दै बाबुराम भट्टराईले राजनीतिक प्रोपगाण्डा फैलाएको आरोप लगाएका छन्।
समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपको खण्डन गर्दै सांसद बस्नेतले डा भट्टराई लगायतले आफ्नो चरित्रहत्या गरेको दाबी गरे।
‘सांसद अपहरण गरेको भन्नु कपोकल्पति कुरा हो। बाबुराम भट्टराई, विश्वदीप पाण्डेको प्रोपगाण्डा हो। उहाँहरुले चरित्रहत्या गर्नुभयो। सांसद यादव, उहाँकी श्रीमतीले समेत कतै पनि अपहरण हो भनेर भनिरहनु भएको छैन,’उनले भने।
सांसद बस्नेतले लकडाउननका बेला बस्नेतले भक्तपुरमा अलपत्र मजदूरहरूलाई पुर्याउन काभ्रेको भकुण्डेबेंसी पुगेको र त्यसैक्रममा पूर्व आइजीसँग भेट भएर महोत्तरी पुगेको सुनाए।
‘समाजवादीमा लामो समयदेखि समस्या छ। उहाँ साथी पनि हुनुहुन्छ। उहाँले प्रधानमन्त्री ओलीलाई भेट्न पनि चाहानु भएको थाहा भयो। हामी उहाँको घर गयौं। खाना, खाजा खायौं। राजनीतिक विषयमा छलफल भयो। प्रधानमन्त्रीले गर्नुभएको सहयोगको पनि चर्चा गर्नुभयो। पार्टीमा समस्या छ, नेकपामा प्रवेश गर्नुपर्छ भन्ने कुरासम्म भयो। त्यसपछि हामीसँगै काठमाडौं आयौं। उहाँको श्रीमतीलाई पनि जानकारी छ,’ उनले ब्रिफिङ गरे।
सांसद बस्नेतले आज बिहान प्रधानमन्त्री ओलीसँग भेट्ने टुंगो भएको पनि बताए। ‘बिहान प्रधानमन्त्रीसँग ९-१० बजे भेट गर्ने कुरा भएको थियो। बेलुकी हिँडेकाले साढे तीन बजे होटल आइपुगेका थियौं। आराम गर्न भन्दै हामी मेरियटबाट छुट्टियौं।
उनले रेस्ट गर्नका लागि होटलमा छोडेको सांसदलाई अपहरण शैलीमा समाजवादीले लगेर आफूहरुलाई दोषी देखाएको उनको भनाइ छ।
‘हामीले बिहान भेट्ने भनेर रेष्ट गर्नका लागि होटलबाट छुट्टियौं। उहाँहरुले आङकाजीलगायतका मान्छे लगाएर चाहीँ अपहरण शैलीमा लैजानु भो। काक्रो चोरेर आफू खाने। अनि काक्रोंको बिँया साथीको टाउकोमा लगाइदिएर साथीले चोर्यो भनेर दोष लगाउन मिल्छ ?’ उनले भने।
समाजवादी पार्टीले भने आफ्ना पार्टीका सांसदलाई बस्नेतसहित पूर्वआइजिपी सर्वेन्द्र खनाल र नेकपाकै अर्का सांसद किसान श्रेष्ठले ‘अपहरण’ गरेको आरोप लगाएका थिए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












