प्रचण्डनिकट भट्ट नै ओलीको प्रतिरक्षा र बचाउमा उत्रिए
काठमाडौं । अध्यादेश प्रकरणले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक ध्रुवीकरण तीव्र देखिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गठबन्धन नै बनाएर प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् । विभिन्न चरणमा बैठक पनि बसेको छ । अहिलेसम्मको कामको मूल्याङ्कनका आधारमा केपी ओलीलाई सरकारबाट फिर्ता बोलाउनुपर्ने उनीहरूको बुझाइ छ ।
गठबन्धनले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट ओलीको विकल्प सोचिरहेका बेला प्रचण्डनिकट स्थायी कमिटी सदस्य नै प्रतिरक्षा र बचाउमा उत्रिएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीमा केपी ओलीको विकल्प सोच्नसमेत नसकिने बताएका छन् । प्रचण्डका विश्वास पात्रसमेत मानिएका भट्टले गुट परिवर्तनको सङ्केत गर्दै ओलीको विकल्प नखोज्न असन्तुष्ट पक्षको ध्यानाकर्षण गराएका छन् ।
“अहिलेको अवस्थामा प्रधानमन्त्रीको विकल्प छैन । म भन्न सक्छु । हामीले विकल्प खोज्छौं भने त्यसले अस्थिरतातिर लैजान्छ । विकासका गति रोकिन्छन् । समाजलाई अराजकतातिर धकेल्छौं । त्यसले के हुन्छ भने, सबैले आ–आफ्नो तागत लगाउँछौं । भोलि अर्को आएपछि पनि त्यसलाई कसरी असफल पार्ने भन्ने हुन्छ ।
नेपाली जनताले पाँच वर्षको म्यान्डेड नेपाल कम्युनिस्ट पार्टीलाई दिएका हुन् । त्यो म्यान्डेड केपी शर्मा ओलीको विकल्प खोज्न दिएको होइन । स्थायीत्वका लागि दिएको हो । जनताका इच्छा आकाङ्क्षा पूरा गर्न दिएको हो,” मङ्गलबार बिहान पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै मन्त्री भट्टले सरकारको प्रतिरक्षा गरेका छन् ।
उनले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच शक्ति बाँडफाँड भइसकेकाले सरकार परिवर्तनमा जोड नदिन भनेका छन् ।
मन्त्री भट्टले सरकार कोरोनामाथि सम्पूर्णरूपमा विजय हासिल गर्न ध्यान खर्च गरिरहेका बेला राजनीतिलाई अस्थिरतातिर धकेल्ने गरी वक्तव्यबाजी गर्न नहुने विचार राखेका छन् ।
गत माघमा सम्पन्न भएको केन्द्रीय कमिटी बैठकमा दुवै अध्यक्षले हस्ताक्षर गरेर ल्याएको प्रतिवेदनले सरकारको कामको समीक्षा गरेको उनले बताएका छन् । मन्त्री भट्टले गएको दुई वर्षमा सरकारले असाधारण काम गरेको, यसअघि त्यति काम कहिले नै नभएको दाबी पनि गरेका छन् ।
सरकारको कामकारबाहीबारे असन्तुष्टि हुन सक्ने बताउँदै ती सबैलाई व्यवस्थित हिसाबले पार्टी कमिटीका बैठकमा राख्न सुझाएका छन् ।
“राम्रो काम भनेको के हो ? कसरी मूल्याङ्कन गर्ने ? हिजो राजनीतिक प्रतिवेदनमा उहाँहरूले नै समीक्षा गरेको हो, हामीले नै समीक्षा गरेको हो कि सरकारले गरेका यीयी काम हुने भनेर । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले नै लेखेको, दुईजना अध्यक्षले हस्ताक्षर गरेको, सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीबाट पारित भएको राजनीतिक प्रतिवेदन ज्यूँदै छ ।
धेरै टाढा त छैन । अहिले दुई वर्षमा कहिल्यै नभएका काम भएका छन् । कोराना सङ्क्रमणपछिकै कामको मूल्याङ्कन गरौं न, सरकारले दायित्व पूरा गर्न सक्यो कि सकेन, जिम्मेवारी पूरा गर्न सक्यो कि सकेन ? मूल्याङ्कन गर्नुपर्यो नि !,” उनले भनेका छन् ।
सरकारले काम नै नगरेको, गर्न नसकेको भए पनि बजारमा गाउने विषय नभएको बताएका छन् ।
“पार्टीका विषयवस्तु त कमिटी छ नि ! कमिटीमा राख्नुपर्यो । हामीले तल सिकाउने संस्कृति के हो ? हामीले लेनिनवादी सङ्गठनात्मक सिद्धान्त भनेका छौं । पार्टी कमिटीमा कुरा राख्ने भनेका छौं । जे–जे भनाइ छन्, कमिटीमै भने हुन्छ, त्यो भन्ने ठाउँ मिडियामा, सडकमा हो र ?,” भट्ट थप्छन् ।
उनले व्यवस्थित हिसाबले पार्टी कमिटी बैठकको माग नभएको बताए । २० जना स्थायी कमिटी सदस्यले बैठकको माग गर्दै पत्र बुझाएका छन् ।
तर, भट्टले प्रधानमन्त्रीले सूचना नै नपाएको जिकिर गरेका छन् ।
“अस्ति मात्रै सचिवालयको बैठक बसेको छ । दुई–तीनपटक सचिवालय बसेको छ । बैठक राख्न हस्ताक्षर गराउने कुरा कति सही हो, प्रधानमन्त्रीलाई भन्नुभयो कि भएन, कार्यकारी अध्यक्षको हैसियतले प्रधानमन्त्रीलाई भनेको हो कि होइन ? भनेको मान्नु भएन भने हामीले पनि माग गर्थ्यौं नि त । मैले प्रधानमन्त्रीबाट पाएको सूचना अनुसार बैठकको माग नै भएको छैन,” उनले दाबी गरेका छन् ।
भट्टले जिम्मेवारीमा हुने सबैले विधि र प्रक्रिया मान्नुपर्ने बताए । “बैठकको माग गर्ने अधिकारको कुरा हो । वक्तव्य जारी गर्नु राम्रो कुरा होइन । आवश्यकता पर्दा माग गरिन्छ । कुनै पनि पार्टीमा कस्तो नजिर बसाल्ने, संस्कृति, विधि, पद्धति बसाल्ने भन्ने कुरा हुन्छ ।
एउटासित चित्त नबुझे त्यही विधि–पद्धति लागु नहुने, अर्कोले मान्दिनुपर्ने ? उहाँहरू जहाँजहाँ जिम्मेवारीमा हुनुहुन्छ भोलि विधि–पद्धतिमा जाउँ भन्नुभयो अर्कोले पनि मान्दिनँ भनेर वक्तव्यबाजी गरे भने के हुन्छ ?,” उनको प्रश्न छ, “पार्टी त्यसरी चल्छ ? पार्टीको चेन अफ् कमाण्ड, सिस्टम हुन्छ ।”
कदाचित केपी ओली हटाएर त्यही नजिरकै आधारमा अरू चले भने सरकार अघि बढ्न सक्छ भनेर भट्टले प्रश्न पनि गरेका छन् ।
यतिखेर सरकार विश्वव्यापी कोरोना भाइरसको सङ्कटसँग दृढ भएर जुधिरहेको र कर्तव्य पालना गरिरहेको बताएका छन् ।
“केपी ओलीको नेतृत्वमा हामी कोरोनामाथि विजय प्राप्त गर्दैछौं । नेपालको सौभाग्य भन्नुस्, ८१ वर्षका वृद्धादेखि १९ वर्षका किशोरीसम्मले कोरोनालाई हराएका छन्,” भट्ट सरकारको काम–कारबाहीप्रति सन्तुष्ट देखिन्छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












