प्रचण्डनिकट भट्ट नै ओलीको प्रतिरक्षा र बचाउमा उत्रिए
काठमाडौं । अध्यादेश प्रकरणले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक ध्रुवीकरण तीव्र देखिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गठबन्धन नै बनाएर प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् । विभिन्न चरणमा बैठक पनि बसेको छ । अहिलेसम्मको कामको मूल्याङ्कनका आधारमा केपी ओलीलाई सरकारबाट फिर्ता बोलाउनुपर्ने उनीहरूको बुझाइ छ ।
गठबन्धनले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट ओलीको विकल्प सोचिरहेका बेला प्रचण्डनिकट स्थायी कमिटी सदस्य नै प्रतिरक्षा र बचाउमा उत्रिएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीमा केपी ओलीको विकल्प सोच्नसमेत नसकिने बताएका छन् । प्रचण्डका विश्वास पात्रसमेत मानिएका भट्टले गुट परिवर्तनको सङ्केत गर्दै ओलीको विकल्प नखोज्न असन्तुष्ट पक्षको ध्यानाकर्षण गराएका छन् ।
“अहिलेको अवस्थामा प्रधानमन्त्रीको विकल्प छैन । म भन्न सक्छु । हामीले विकल्प खोज्छौं भने त्यसले अस्थिरतातिर लैजान्छ । विकासका गति रोकिन्छन् । समाजलाई अराजकतातिर धकेल्छौं । त्यसले के हुन्छ भने, सबैले आ–आफ्नो तागत लगाउँछौं । भोलि अर्को आएपछि पनि त्यसलाई कसरी असफल पार्ने भन्ने हुन्छ ।
नेपाली जनताले पाँच वर्षको म्यान्डेड नेपाल कम्युनिस्ट पार्टीलाई दिएका हुन् । त्यो म्यान्डेड केपी शर्मा ओलीको विकल्प खोज्न दिएको होइन । स्थायीत्वका लागि दिएको हो । जनताका इच्छा आकाङ्क्षा पूरा गर्न दिएको हो,” मङ्गलबार बिहान पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै मन्त्री भट्टले सरकारको प्रतिरक्षा गरेका छन् ।
उनले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच शक्ति बाँडफाँड भइसकेकाले सरकार परिवर्तनमा जोड नदिन भनेका छन् ।
मन्त्री भट्टले सरकार कोरोनामाथि सम्पूर्णरूपमा विजय हासिल गर्न ध्यान खर्च गरिरहेका बेला राजनीतिलाई अस्थिरतातिर धकेल्ने गरी वक्तव्यबाजी गर्न नहुने विचार राखेका छन् ।
गत माघमा सम्पन्न भएको केन्द्रीय कमिटी बैठकमा दुवै अध्यक्षले हस्ताक्षर गरेर ल्याएको प्रतिवेदनले सरकारको कामको समीक्षा गरेको उनले बताएका छन् । मन्त्री भट्टले गएको दुई वर्षमा सरकारले असाधारण काम गरेको, यसअघि त्यति काम कहिले नै नभएको दाबी पनि गरेका छन् ।
सरकारको कामकारबाहीबारे असन्तुष्टि हुन सक्ने बताउँदै ती सबैलाई व्यवस्थित हिसाबले पार्टी कमिटीका बैठकमा राख्न सुझाएका छन् ।
“राम्रो काम भनेको के हो ? कसरी मूल्याङ्कन गर्ने ? हिजो राजनीतिक प्रतिवेदनमा उहाँहरूले नै समीक्षा गरेको हो, हामीले नै समीक्षा गरेको हो कि सरकारले गरेका यीयी काम हुने भनेर । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले नै लेखेको, दुईजना अध्यक्षले हस्ताक्षर गरेको, सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीबाट पारित भएको राजनीतिक प्रतिवेदन ज्यूँदै छ ।
धेरै टाढा त छैन । अहिले दुई वर्षमा कहिल्यै नभएका काम भएका छन् । कोराना सङ्क्रमणपछिकै कामको मूल्याङ्कन गरौं न, सरकारले दायित्व पूरा गर्न सक्यो कि सकेन, जिम्मेवारी पूरा गर्न सक्यो कि सकेन ? मूल्याङ्कन गर्नुपर्यो नि !,” उनले भनेका छन् ।
सरकारले काम नै नगरेको, गर्न नसकेको भए पनि बजारमा गाउने विषय नभएको बताएका छन् ।
“पार्टीका विषयवस्तु त कमिटी छ नि ! कमिटीमा राख्नुपर्यो । हामीले तल सिकाउने संस्कृति के हो ? हामीले लेनिनवादी सङ्गठनात्मक सिद्धान्त भनेका छौं । पार्टी कमिटीमा कुरा राख्ने भनेका छौं । जे–जे भनाइ छन्, कमिटीमै भने हुन्छ, त्यो भन्ने ठाउँ मिडियामा, सडकमा हो र ?,” भट्ट थप्छन् ।
उनले व्यवस्थित हिसाबले पार्टी कमिटी बैठकको माग नभएको बताए । २० जना स्थायी कमिटी सदस्यले बैठकको माग गर्दै पत्र बुझाएका छन् ।
तर, भट्टले प्रधानमन्त्रीले सूचना नै नपाएको जिकिर गरेका छन् ।
“अस्ति मात्रै सचिवालयको बैठक बसेको छ । दुई–तीनपटक सचिवालय बसेको छ । बैठक राख्न हस्ताक्षर गराउने कुरा कति सही हो, प्रधानमन्त्रीलाई भन्नुभयो कि भएन, कार्यकारी अध्यक्षको हैसियतले प्रधानमन्त्रीलाई भनेको हो कि होइन ? भनेको मान्नु भएन भने हामीले पनि माग गर्थ्यौं नि त । मैले प्रधानमन्त्रीबाट पाएको सूचना अनुसार बैठकको माग नै भएको छैन,” उनले दाबी गरेका छन् ।
भट्टले जिम्मेवारीमा हुने सबैले विधि र प्रक्रिया मान्नुपर्ने बताए । “बैठकको माग गर्ने अधिकारको कुरा हो । वक्तव्य जारी गर्नु राम्रो कुरा होइन । आवश्यकता पर्दा माग गरिन्छ । कुनै पनि पार्टीमा कस्तो नजिर बसाल्ने, संस्कृति, विधि, पद्धति बसाल्ने भन्ने कुरा हुन्छ ।
एउटासित चित्त नबुझे त्यही विधि–पद्धति लागु नहुने, अर्कोले मान्दिनुपर्ने ? उहाँहरू जहाँजहाँ जिम्मेवारीमा हुनुहुन्छ भोलि विधि–पद्धतिमा जाउँ भन्नुभयो अर्कोले पनि मान्दिनँ भनेर वक्तव्यबाजी गरे भने के हुन्छ ?,” उनको प्रश्न छ, “पार्टी त्यसरी चल्छ ? पार्टीको चेन अफ् कमाण्ड, सिस्टम हुन्छ ।”
कदाचित केपी ओली हटाएर त्यही नजिरकै आधारमा अरू चले भने सरकार अघि बढ्न सक्छ भनेर भट्टले प्रश्न पनि गरेका छन् ।
यतिखेर सरकार विश्वव्यापी कोरोना भाइरसको सङ्कटसँग दृढ भएर जुधिरहेको र कर्तव्य पालना गरिरहेको बताएका छन् ।
“केपी ओलीको नेतृत्वमा हामी कोरोनामाथि विजय प्राप्त गर्दैछौं । नेपालको सौभाग्य भन्नुस्, ८१ वर्षका वृद्धादेखि १९ वर्षका किशोरीसम्मले कोरोनालाई हराएका छन्,” भट्ट सरकारको काम–कारबाहीप्रति सन्तुष्ट देखिन्छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












