प्रधानमन्त्रीको ब्रिफिङ–नेकपा फुटाउँदैछन्, तयार रहनू
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती भएको भए सच्चिन तयार रहेको भन्दै पार्टीका नेताहरुले आफूलाई हटाउन लागेको बताएका छन्।
आफू निकट सांसदहरुलाई सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार बोलाएर ओलीले ‘अन्य नेताहरुले वार कि पारकै रणनीति अपनाएको हुँदा पार्टी विभाजन हुनसक्ने सभावना रहेको’ बताएका थिए।
‘साथीहरु वार कि पारको तरिकाले लाग्नु भएको छ। मंगलबार सचिवालयको बैठक पनि हुँदैछ। तीन चार दिनमा सबै कुरा टुङ्गो लाग्नसक्छ। पार्टी विभाजन पनि हुनसक्छ। त्यस्तो अवस्थाका लागि समेत तपाईंहरु मानसिकरुपमा तयारी अवस्थामा रहनुहोला,’ प्रधानमन्त्री ओलीलाई उधृत गर्दै सांसद विजय सुब्बाले भने, ‘विपक्षी दल हटाउन लाग्नु स्वभाविक नै हो। मलाई त हटाउन पार्टीका साथीहरु रसबैतर्फबाट घेराबन्दी गरियो। कतै गल्ती भएको रहेछ भने सच्चाउँछु भन्दाभन्दै पनि साथीहरु हटाउनै लाग्नुभएको छ।’
प्रधानमन्त्रीले पार्टी फुट्न नदिन आफूले पुरै प्रयास केन्द्रित गरेको बताएको भेलामा सहभागी सांसद सुब्बाले उल्लेख गरे।
भेलामा प्रधानमन्त्रीले आइपर्ने चुनौतिहरु सामना गर्न आफू तयार रहेको बताएका थिए।
भेलामा उपस्थित करिब २५ जना सांसद अधिकांश ओली पक्षका थिए, जहाँ पूर्व माओवादीका नेता, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पनि सहभागी थिए। ओलीले राखेको आफु पक्षीय सांसदहरूको भेलामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट नेता भट्टलाई देखेर त्यहाँ धेरै आश्चर्य र खुशी देखिन्थे।
भेलामा कैलालीबाट निर्वाचित सांसद भट्ट प्रधानमन्त्री ओलीको पक्षमा खुलेरै बोले।
‘गल्ती कमजोरी सच्चाउनु पर्छ पर्ने तर अहिले नै सरकारको नेतृत्व परिवर्तन गर्नु हुँदैन’, नेकपाको स्थायी समिति सदस्य रहेका भट्टले भने।
प्रधानमन्त्री ओलीले पार्टीको नेतृत्व महाधिवेशनबाटै तोकिएको भन्दै अध्यक्ष पद आफुले नछाड्ने संकेत गरे।
‘अन्य साथीहरुलार्ई चाँडै महाधिवेशन गरौं भन्दा पनि मान्नु भएको छैन,’ अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालतिर लक्षित गर्दै प्रधानमन्त्रीले भने।
भेलामा प्रधानमन्त्री ओलीले कसैले माग्दैमा राजिनामा नदिने बताए।
‘कसैले माग्दैमा राजिनामा दिन्नँ। पार्टीको अध्यक्ष र प्रधानमन्त्री म हो। (हटाउने) त्यसको पनि प्रक्रिया हुन्छ। त्यो सामना गर्न म तयार छु,’ प्रधानमन्त्री ओलीलाई उधृत गर्दै भेलामा सहभागी सांसद सरिता न्यौपानेले भनिन्, ‘म पार्टी पनि विभाजन गर्दिनँ र संसद पनि विघटन गर्दिनँ, ढुक्क भए हुन्छ।’
आफुले सल्लाह गरेर नै अध्यादेश ल्याएको तर नेताहरुले विरोध गरेपछि फिर्ता लिएको भन्दै ओलीले सांसदहरूलाई भने, ‘फिर्ता लिँदा पनि साथीहरुले विरोध गर्न छाड्नु भएको छैन। उहाँहरुले कहाँसम्म लैजान खोज्नु भएको हो थाहा छैन। पार्टी विभाजनको अवस्थामा पनि पुग्नसक्छ।’
न्यौपानेका अनुसार प्रधानमन्त्री ओलीले सरकारबाट गल्ती कमजोरी भए देखाइदिन सांसदहरुसँग आग्रह गरे।
‘सन्धि सम्झौता गर्दा र विकास निर्माणका काम गर्दा कुनै प्रकारको गल्ती कमजोरी भएको भएको भए तपाईंहरु पनि देखाउनुहोस, सच्चाएर अघि बढ्छु,’ प्रधानमन्त्रीले सांसदहरुसँग भने।
बैठकमा सांसदहरुले पार्टी सचिवालयबाट विवाद नटुङिगए स्थायी समिति होइन, सिधै केन्द्रीय समितिको बैठक बोलाउन आग्रह गरेको न्यौपानेले बताइन्।
भेलामा विजय सुब्बा, नवराज सिलवाल, खेम लोहनी, तिलक महत, कृष्ण राई, गणेश ठगुन्ना, प्रेम आले, सरिता न्यौपानेसहितका सांसदहरुले धारणा राखेका थिए।
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











