प्रधानमन्त्रीको ब्रिफिङ–नेकपा फुटाउँदैछन्, तयार रहनू
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती भएको भए सच्चिन तयार रहेको भन्दै पार्टीका नेताहरुले आफूलाई हटाउन लागेको बताएका छन्।
आफू निकट सांसदहरुलाई सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार बोलाएर ओलीले ‘अन्य नेताहरुले वार कि पारकै रणनीति अपनाएको हुँदा पार्टी विभाजन हुनसक्ने सभावना रहेको’ बताएका थिए।
‘साथीहरु वार कि पारको तरिकाले लाग्नु भएको छ। मंगलबार सचिवालयको बैठक पनि हुँदैछ। तीन चार दिनमा सबै कुरा टुङ्गो लाग्नसक्छ। पार्टी विभाजन पनि हुनसक्छ। त्यस्तो अवस्थाका लागि समेत तपाईंहरु मानसिकरुपमा तयारी अवस्थामा रहनुहोला,’ प्रधानमन्त्री ओलीलाई उधृत गर्दै सांसद विजय सुब्बाले भने, ‘विपक्षी दल हटाउन लाग्नु स्वभाविक नै हो। मलाई त हटाउन पार्टीका साथीहरु रसबैतर्फबाट घेराबन्दी गरियो। कतै गल्ती भएको रहेछ भने सच्चाउँछु भन्दाभन्दै पनि साथीहरु हटाउनै लाग्नुभएको छ।’
प्रधानमन्त्रीले पार्टी फुट्न नदिन आफूले पुरै प्रयास केन्द्रित गरेको बताएको भेलामा सहभागी सांसद सुब्बाले उल्लेख गरे।
भेलामा प्रधानमन्त्रीले आइपर्ने चुनौतिहरु सामना गर्न आफू तयार रहेको बताएका थिए।
भेलामा उपस्थित करिब २५ जना सांसद अधिकांश ओली पक्षका थिए, जहाँ पूर्व माओवादीका नेता, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पनि सहभागी थिए। ओलीले राखेको आफु पक्षीय सांसदहरूको भेलामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट नेता भट्टलाई देखेर त्यहाँ धेरै आश्चर्य र खुशी देखिन्थे।
भेलामा कैलालीबाट निर्वाचित सांसद भट्ट प्रधानमन्त्री ओलीको पक्षमा खुलेरै बोले।
‘गल्ती कमजोरी सच्चाउनु पर्छ पर्ने तर अहिले नै सरकारको नेतृत्व परिवर्तन गर्नु हुँदैन’, नेकपाको स्थायी समिति सदस्य रहेका भट्टले भने।
प्रधानमन्त्री ओलीले पार्टीको नेतृत्व महाधिवेशनबाटै तोकिएको भन्दै अध्यक्ष पद आफुले नछाड्ने संकेत गरे।
‘अन्य साथीहरुलार्ई चाँडै महाधिवेशन गरौं भन्दा पनि मान्नु भएको छैन,’ अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालतिर लक्षित गर्दै प्रधानमन्त्रीले भने।
भेलामा प्रधानमन्त्री ओलीले कसैले माग्दैमा राजिनामा नदिने बताए।
‘कसैले माग्दैमा राजिनामा दिन्नँ। पार्टीको अध्यक्ष र प्रधानमन्त्री म हो। (हटाउने) त्यसको पनि प्रक्रिया हुन्छ। त्यो सामना गर्न म तयार छु,’ प्रधानमन्त्री ओलीलाई उधृत गर्दै भेलामा सहभागी सांसद सरिता न्यौपानेले भनिन्, ‘म पार्टी पनि विभाजन गर्दिनँ र संसद पनि विघटन गर्दिनँ, ढुक्क भए हुन्छ।’
आफुले सल्लाह गरेर नै अध्यादेश ल्याएको तर नेताहरुले विरोध गरेपछि फिर्ता लिएको भन्दै ओलीले सांसदहरूलाई भने, ‘फिर्ता लिँदा पनि साथीहरुले विरोध गर्न छाड्नु भएको छैन। उहाँहरुले कहाँसम्म लैजान खोज्नु भएको हो थाहा छैन। पार्टी विभाजनको अवस्थामा पनि पुग्नसक्छ।’
न्यौपानेका अनुसार प्रधानमन्त्री ओलीले सरकारबाट गल्ती कमजोरी भए देखाइदिन सांसदहरुसँग आग्रह गरे।
‘सन्धि सम्झौता गर्दा र विकास निर्माणका काम गर्दा कुनै प्रकारको गल्ती कमजोरी भएको भएको भए तपाईंहरु पनि देखाउनुहोस, सच्चाएर अघि बढ्छु,’ प्रधानमन्त्रीले सांसदहरुसँग भने।
बैठकमा सांसदहरुले पार्टी सचिवालयबाट विवाद नटुङिगए स्थायी समिति होइन, सिधै केन्द्रीय समितिको बैठक बोलाउन आग्रह गरेको न्यौपानेले बताइन्।
भेलामा विजय सुब्बा, नवराज सिलवाल, खेम लोहनी, तिलक महत, कृष्ण राई, गणेश ठगुन्ना, प्रेम आले, सरिता न्यौपानेसहितका सांसदहरुले धारणा राखेका थिए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












