बालुवाटारमा ओली समूहको बैठक, ओलीको पक्षमा सांसदले बहुमत जुटाउदै
काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्किँदै गइरहेका बेला बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी ओली समूहको बैठक बसिरहेको छ।
बुधाबर दिउँसो काठमाडौं उपत्यकामा उपलब्ध ओली पक्षका सांसद र केन्द्रीय सदस्यहरु बालुवाटार पुगेका हुन्। ‘हामी अहिले बालुवाटारमा छौं’, एकजना सांसदले थाहाखबरसँग भने, ‘बैठक चलिरहेको छ। साँझमा सचिवालय बस्ने भएकाले सम्भावित रणनीतिबारेमा छलफल भइरहेको छ।’ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईमध्ये एक पद छाड्न माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूहले दबाब बढाउँदै लगेपछि यो बैठक भएको हो। यो बैठकले अब आइपर्ने जुनसुकै चुनौतीसँग फेस गर्ने गरी रणनीति बनाउने भएको छ।
सांसद र केन्द्रीय सदस्यहरुलाई पनि त्यही अनुसार तयार रहन निर्देशन दिइने भएको छ। प्रचण्डले आफूलाई एकल अध्यक्ष बनाउन ओलीमाथि दबाब बढाइरहँदा वरिष्ठ नेता माधवकुमार नेपालले पनि ओलीलाई दुईमध्ये एक पद त्याग्न भनिरहेका छन्। तर ओलीले भने तीनजना अध्यक्षमा सहमति गरेर जान प्रस्ताव गरेका छन्। तर नेपाल समूहले उक्त कुरालाई अस्वीकार गरेको छ। संघीय सरकारका मन्त्री र प्रदेशका मुख्यममन्त्री चयनका बेला बहुमतको आडमा आफूहरुलाई पेलेको भन्दै नेपाल पक्ष क्रुद्ध छ। यस्तोमा ओलीले संघीय सरकारका केही मन्त्री र प्रदेशका कम्तीमा दुईजना मुख्यमन्त्री नेपाल पक्षबाट थप्ने प्रस्ताव पनि गरेका छन्। तर नेपाल पक्षले हाताहाती सहमति कार्यान्वयन हुनुपर्ने अडान राखेपछि ओलीलाई अफ्ठ्यारो परेको छ।
नेकपामा अहिलेसम्म संसदीय दलमा ७८ जना सांसदका साथ रहेको छ। अर्कातिर नेपालतर्फ ४३ जना र प्रचण्डको पक्षमा ५३ जना सांसद रहेको बताइन्छ। ओलीले यो पटक पनि विवादलाई सकेसम्म प्रचण्ड र नेपालसँगै बसेर टुंग्याउन चाहेका छन्। तर नेपाल र दाहाल समूह अहिले देखिएको विवाद सचिवालयमा छलफलपछि स्थायी कमिटी र केन्द्रीय कमिटीमा लगेर छलफल हुनुपर्ने अडानमा छन्। नेकपाका सचिवालय बैठक आजै बालुवाटारमा अपरान्ह ५ बजे बस्ने कार्यक्रम छ। यस्तोमा ओली समूहको गुटभेला अहिले बालुवाटारमा बसिरहेको छ। मंगलबार मात्रै ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटारमै भेटेका थिए। उक्त भेटमा प्रचण्डले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद त्याग्न दबाब दिएको खुलेको छ। सोमबार मात्रै बालुवाटारमै भएको सांसदहरुसँगको अन्तरक्रियामा ओलीले अन्य समूहहरु आक्रमक ढंगले आएकाले परिआएमा पार्टी विभाजनसम्मको अवस्थाको सामनाका लागि तयार रहन आग्रह गरेका थिए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












