बालुवाटारमा ओली समूहको बैठक, ओलीको पक्षमा सांसदले बहुमत जुटाउदै
काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्किँदै गइरहेका बेला बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी ओली समूहको बैठक बसिरहेको छ।
बुधाबर दिउँसो काठमाडौं उपत्यकामा उपलब्ध ओली पक्षका सांसद र केन्द्रीय सदस्यहरु बालुवाटार पुगेका हुन्। ‘हामी अहिले बालुवाटारमा छौं’, एकजना सांसदले थाहाखबरसँग भने, ‘बैठक चलिरहेको छ। साँझमा सचिवालय बस्ने भएकाले सम्भावित रणनीतिबारेमा छलफल भइरहेको छ।’ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईमध्ये एक पद छाड्न माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूहले दबाब बढाउँदै लगेपछि यो बैठक भएको हो। यो बैठकले अब आइपर्ने जुनसुकै चुनौतीसँग फेस गर्ने गरी रणनीति बनाउने भएको छ।
सांसद र केन्द्रीय सदस्यहरुलाई पनि त्यही अनुसार तयार रहन निर्देशन दिइने भएको छ। प्रचण्डले आफूलाई एकल अध्यक्ष बनाउन ओलीमाथि दबाब बढाइरहँदा वरिष्ठ नेता माधवकुमार नेपालले पनि ओलीलाई दुईमध्ये एक पद त्याग्न भनिरहेका छन्। तर ओलीले भने तीनजना अध्यक्षमा सहमति गरेर जान प्रस्ताव गरेका छन्। तर नेपाल समूहले उक्त कुरालाई अस्वीकार गरेको छ। संघीय सरकारका मन्त्री र प्रदेशका मुख्यममन्त्री चयनका बेला बहुमतको आडमा आफूहरुलाई पेलेको भन्दै नेपाल पक्ष क्रुद्ध छ। यस्तोमा ओलीले संघीय सरकारका केही मन्त्री र प्रदेशका कम्तीमा दुईजना मुख्यमन्त्री नेपाल पक्षबाट थप्ने प्रस्ताव पनि गरेका छन्। तर नेपाल पक्षले हाताहाती सहमति कार्यान्वयन हुनुपर्ने अडान राखेपछि ओलीलाई अफ्ठ्यारो परेको छ।
नेकपामा अहिलेसम्म संसदीय दलमा ७८ जना सांसदका साथ रहेको छ। अर्कातिर नेपालतर्फ ४३ जना र प्रचण्डको पक्षमा ५३ जना सांसद रहेको बताइन्छ। ओलीले यो पटक पनि विवादलाई सकेसम्म प्रचण्ड र नेपालसँगै बसेर टुंग्याउन चाहेका छन्। तर नेपाल र दाहाल समूह अहिले देखिएको विवाद सचिवालयमा छलफलपछि स्थायी कमिटी र केन्द्रीय कमिटीमा लगेर छलफल हुनुपर्ने अडानमा छन्। नेकपाका सचिवालय बैठक आजै बालुवाटारमा अपरान्ह ५ बजे बस्ने कार्यक्रम छ। यस्तोमा ओली समूहको गुटभेला अहिले बालुवाटारमा बसिरहेको छ। मंगलबार मात्रै ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटारमै भेटेका थिए। उक्त भेटमा प्रचण्डले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद त्याग्न दबाब दिएको खुलेको छ। सोमबार मात्रै बालुवाटारमै भएको सांसदहरुसँगको अन्तरक्रियामा ओलीले अन्य समूहहरु आक्रमक ढंगले आएकाले परिआएमा पार्टी विभाजनसम्मको अवस्थाको सामनाका लागि तयार रहन आग्रह गरेका थिए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












