प्रभु साहको दाबी : केपी ओलीको विकल्प प्रचण्ड मात्रै हुन्
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र विवादबारे नेता प्रभु साहले मुख खोलेका छन्।
नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले द्वन्द्व छाडेर एकतालाई रोज्न नेताहरूलाई आग्रह गरेका छन्। नेकपाभित्रको विवादबारे नेता साहले संकटपूर्ण स्थितिमा एकताको प्रतीक बन्दै आर्थिक संकटको सामना गरेर तीव्र आर्थिक वृद्धिमा केन्द्रित हुन सुझाव दिएका छन्।
‘अबको प्रधानमन्त्री को त? माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड वा अरु कोही?’, भन्ने प्रश्नमा नेता साहलेभने, ‘प्रधानमन्त्रीको विकल्पमा जानैपरे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नै छैन।’ ‘कोरोना भाइरसको महामारीका कारण देशले ठूलो आर्थिक समस्याको सामना गरिरहेको छ, यस अवस्थामा द्वन्द्व र अस्थिरता होइन, एकता र तीव्र आर्थिक वृद्धि चाहिएको छ’, उनले भने, ‘अस्थिरता निम्तिने कुनै काम हाम्रो प्राथमिकतामा हुनुहुँदैन। स्थिरता नै हाम्रो प्राथमिकता हुनुपर्छ।’ उनले ओलीको विकल्प दाहाल नै भएको जिकिर गरे।
‘यदि सरकारको विकल्प नै खोज्नुपर्ने हो भने उपयुक्त पात्र प्रचण्ड मात्रै हो, अरु कोही एबीसीडी हुन सक्दैन’, उनले भने, ‘व्यक्तित्वको हिसाबले उहाँ कुशल हुनुहुन्छ, दुई पार्टी बीचको एकता प्रक्रियाको हिसाबले पनि आलोपालोको समझदारी कार्यान्वयन गर्ने र वरीयताको कोणबाट पनि पार्टीका दुई अध्यक्षमध्ये एक भएकाले निर्विकल्प प्रचण्ड मात्र हुन्।
‘ नेता साहले अवसरवादले टाउको उठाएकोमा आक्रोश पोखे। ‘अहिले कयौं अवसरवादी नेताहरु द्वन्द्व र अस्थिरता पैदा गरेर आफ्नो स्वार्थ पूर्ति गर्न लागेका छन्’, उनले भने, ‘देशको संकटपूर्ण स्थितिमा टाउको आफ्नो स्वार्थपूर्ति गर्ने प्रयास ठूलो खतरा हो। यो देश र क्रान्तिका लागि खतरनाक हो, यसमा अल्झिनुहुँदैन। त्यस्तो भएमा देश बर्बाद हुन्छ।’
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











