प्रभु साहको दाबी : केपी ओलीको विकल्प प्रचण्ड मात्रै हुन्
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र विवादबारे नेता प्रभु साहले मुख खोलेका छन्।
नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले द्वन्द्व छाडेर एकतालाई रोज्न नेताहरूलाई आग्रह गरेका छन्। नेकपाभित्रको विवादबारे नेता साहले संकटपूर्ण स्थितिमा एकताको प्रतीक बन्दै आर्थिक संकटको सामना गरेर तीव्र आर्थिक वृद्धिमा केन्द्रित हुन सुझाव दिएका छन्।
‘अबको प्रधानमन्त्री को त? माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड वा अरु कोही?’, भन्ने प्रश्नमा नेता साहलेभने, ‘प्रधानमन्त्रीको विकल्पमा जानैपरे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नै छैन।’ ‘कोरोना भाइरसको महामारीका कारण देशले ठूलो आर्थिक समस्याको सामना गरिरहेको छ, यस अवस्थामा द्वन्द्व र अस्थिरता होइन, एकता र तीव्र आर्थिक वृद्धि चाहिएको छ’, उनले भने, ‘अस्थिरता निम्तिने कुनै काम हाम्रो प्राथमिकतामा हुनुहुँदैन। स्थिरता नै हाम्रो प्राथमिकता हुनुपर्छ।’ उनले ओलीको विकल्प दाहाल नै भएको जिकिर गरे।
‘यदि सरकारको विकल्प नै खोज्नुपर्ने हो भने उपयुक्त पात्र प्रचण्ड मात्रै हो, अरु कोही एबीसीडी हुन सक्दैन’, उनले भने, ‘व्यक्तित्वको हिसाबले उहाँ कुशल हुनुहुन्छ, दुई पार्टी बीचको एकता प्रक्रियाको हिसाबले पनि आलोपालोको समझदारी कार्यान्वयन गर्ने र वरीयताको कोणबाट पनि पार्टीका दुई अध्यक्षमध्ये एक भएकाले निर्विकल्प प्रचण्ड मात्र हुन्।
‘ नेता साहले अवसरवादले टाउको उठाएकोमा आक्रोश पोखे। ‘अहिले कयौं अवसरवादी नेताहरु द्वन्द्व र अस्थिरता पैदा गरेर आफ्नो स्वार्थ पूर्ति गर्न लागेका छन्’, उनले भने, ‘देशको संकटपूर्ण स्थितिमा टाउको आफ्नो स्वार्थपूर्ति गर्ने प्रयास ठूलो खतरा हो। यो देश र क्रान्तिका लागि खतरनाक हो, यसमा अल्झिनुहुँदैन। त्यस्तो भएमा देश बर्बाद हुन्छ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












